समाचार

भारतमा नेपाली मजदुरको मृत्यु

२०७१ माघ ८ गते २:५१

भीमदत्तनगर, ८ माघ– अछामका एक युवकको भारतमा करेन्ट लागेर मृत्यु भएको छ । कामको सिलसिलामा भारत पुगेका अछाम हिम्चा–५ का २२ वर्षीय विरु नेपालीको करेन्ट लागेर मृत्यु भएको हो । भारतको हैदरावादमा काम गर्दै आएका नेपालीको पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको...

प्राथमिक उपचार केन्द्रबाट १० हजार लाभान्वित

२०७१ माघ ८ गते २:४६

म्याग्दी, ८ माघ– पाँचौँ म्याग्दी महोत्सव एवं माघे संक्रन्ति तथा कृषि औद्योगिक व्यापार मेलाको अवसरमा खुल्लामञ्चमा राखिएको प्राथमिक उपचार केन्द्रबाट करिब १० हजार जनाले सेवा लिएका छन् । अस्पताल विकास समितिको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालयले राखेको शिविरबाट सिटामोल, एम्लोर, एमोक्सिलिन, जीवनजल, डाइजिन, डेसिङलगायत आवश्यक...

प्रहरी हुँ भन्दै बलात्कार गर्ने कर्मचारी थुनामा

२०७१ माघ ७ गते १४:२३

इलाम, ७ माघ– आफूलाई प्रहरी हुँ भन्दै बलात्कार गरेको आरोपमा पक्राउ परेका एक कर्मचारीलाई जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतले पाँचथर ओयाम–१ का ३१ वर्षीय दुर्गाप्रसाद नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला प्राविधिक कार्यालय...

सीतारामले पाए १४ वर्षपछि साङ्लोबाट मुक्ति

२०७१ माघ ७ गते १४:१९

मोरङ, ७ माघ– मानसिक सन्तुलन गुमेर १४ वर्षसम्म साङ्लोेले रुखमा बाँधेर राखिएका एक मानसिक रोगीले अहिले नयाँ जीवन पाएका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयको पहलमा निःशुल्क उपचार भएपछि मोरङ मृगौलिया– ४ का सीताराम घिमिरेले नयाँ जीवन पाएका हुन् । मानसिक सन्तुलन गुमाएका...

अस्पतालबाट प्रभाकरले भने, ‘बामदेवले भिजिलान्ते लगाएर मेरो टाउको फुटाए’

२०७१ माघ ७ गते १४:०४

काठमाण्डु, ७ माघ– एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि राज्यद्वारा परिचालित ‘भिजिलान्तेले’ आक्रमण गरेको बताएका छन् । नर्भिक अस्पतालमा उपचाररत शर्माले बुधबार स्वास्थ्य अवस्था बुझ्न गएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साग त्यस्तो बताएका हुन् । शर्माले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको...

बोकोहरामसँग तुलना गर्दै ओलीले बालकोटबाट घोषणा गरे माओवादीलाई आतंककारी

२०७१ माघ ७ गते १३:०१

काठमाण्डु, ७ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई नाइजेरियामा सक्रिय अन्तर्राष्ट्रिय आतंकवादी समूह बोकोहरामसँग तुलना गरेका छन् । एमाओवादीले संघीयताका नाममा विभिन्न जातजातीलाई उछालेर जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाए । ‘एमाओवादी बोकोहरामको भूमिकामा देखिन खोजेको छ’,आफ्नै निवास बालकोटमा बुधबार साँझ सञ्चारकर्मीसँग ओलीले...

वार्ता र सहमतिमा जोड दिन अन्तर्राष्ट्रिय समुदायको आग्रह

२०७१ माघ ७ गते १२:०६

काठमाण्डु, ७ माघ– प्रमुख दलहरुबीच असहमति बढ्दै गएका बेला अन्तर्राष्ट्रिय समुदायले भने वार्ता र सहमतिमै ध्यान दिन आग्रह गरेको छ । केही दिनयता दलहरुबीच असहमति बढेपछि संयुक्त राष्ट्रसंघले पनि चासो राखेको हो । माघ ८ भित्र संविधान जारी गर्ने प्रतिबद्धता सार्वजनिक गरेर संविधानसभामा प्रतिनिधित्व...

प्रचण्ड–बाबुरामले पत्तै नदिई पत्रकार सम्मेलन गरेको भन्दै नारायणकाजी फायर

२०७१ माघ ७ गते १२:०१

काठमाण्डु, ७ माघ– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूलाई ढाँटेर पत्रकार सम्मेलन गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईसँग आगो भएका छन् । संविधान निर्माण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन बानेश्वरको बल्फाबिटामा बुधबार भएको पत्रकार सम्मेलनमा श्रेष्ठ उपस्थित थिएनन्...

संविधान नबनेसम्म सरकार टिकिरहने महेश बस्नेतको दाबी

२०७१ माघ ७ गते ११:३२

भक्तपुर, ७ माघ– एमाले युवा नेता तथा उद्योग मन्त्री महेश बस्नेतले संविधान नबनेसम्म अहिलेकै सरकार टिकिरहने दाबी गरेका छन् । प्रमुख दलहरु बनाउने अभियानमा लागिरहेकाले सरकार परिवर्तनको कुनै प्रयास नभएको उनले बताएका हुन् । भक्तपुर औद्योगिक क्षेत्रको आज अनुगमन गर्दै बस्नेतले संविधान निर्माण भएपछि...

गौतम बुद्धको दरबार खोज्न तिलौराकोटमा फेरि उत्खनन सुरु

२०७१ माघ ७ गते १०:०६

कपिलवस्तु, ७ माघ– गौतम बुद्धको दरबार भएको क्षेत्र मानिने तिलौराकोटमा यो वर्ष पनि उत्खनन सुरु भएको छ । बुद्धका पिता शाक्यवंशीय राजा शुद्धोधनको दरबार कपिलवस्तु नेपालको तिलौराकोटमा भएको विश्वास गरिन्छ । तिलौराकोटमा तीन वर्षे परियोजनाअन्तर्गत दोस्रो वर्ष बेलायतको डुर्ह्याम विश्वविद्यालय, युनेस्को, नेपाल सरकारको पुरातत्व...

वामदेवले भने– ‘माघ ८ आउँदैमा केही हुँदैन’

२०७१ माघ ७ गते ८:५९

काठमाण्डु, ७ माघ– एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमले माघ ८ गते पनि अरु दिन जस्तै सामान्य हुने टिप्पणी गरे । संविधानसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भने– ‘हिजो, अस्ती र आज जे भएको थियो, भोलि पनि त्यही हुन्छ ।’ माघ ८ मा संविधान...

पहिचान माग्दै बानेश्वरमा ज्यापु समाजको प्रदर्शन

२०७१ माघ ७ गते ८:४६

काठमाण्डु, ७ माघ– पहिचानसहितको संघीयताको माग गर्दै ज्यापु समाजले बानेश्वरमा बिहानैदेखि धर्ना दिइरहेको छ । ‘पहिचानसहितको संघीय संविधान जारी गर, नेवा स्वायत्त राज्य जिन्दावाद’ नारा लगाउँदै ज्यापु समाजले प्रदर्शन गरेको हो । बबरमहलबाट बिजुलीबजार आएको ज्यापु समाजको प्रदर्शन बिजुलीबजारमा नाचगानसहित रोकियो । प्रदर्शनकारीले नेवार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us