समाचार

हामी जनतासँग माफी माग्दैनौंः नेपाल

२०७१ माघ ८ गते १७:१७

काठमाण्डु, ८ माघ– एमाले नेता माधवकुमार नेपालले तोकिएकै समय माघ ८ मा संविधान जारी हुन नसकेकामा जनतासँग माफी माग्ने पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन् । संविधानसभा भवनबाट बाहिरिने क्रममा बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरु माफी माग्ने पक्षमा नरहेको बताए । एकीकृत...

सरकारका दुई मन्त्रीले विदेशी राजदूतका अगाडि झुठो बोलेपछि…

२०७१ माघ ८ गते १६:१६

काठमाण्डु, ८ माघ– सहमतिको सम्भावना सकिएको भन्दै बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने अडानमा रहेको सत्तापक्षले अन्तर्राष्ट्रिय समुदायलाई भने सहमतिमै संविधान जारी हुने भन्दै ढाँटेको छ । नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलाई बिहीबार लाजिम्पाटस्थित एक होटलमा भेला गराएर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री रामशरण महतले सहमतिमा...

संविधान जारी गर्ने भनिएको दिन पखालाले थलिए प्रधानमन्त्री

२०७१ माघ ८ गते १६:००

काठमाण्डु, ८ माघ– प्रधानमन्त्री सुशील कोइराला अस्वस्थ भएका छन् । कार्यतालिकामा उल्लेख भएअनुसार संविधान जारी गर्ने भनिएको दिन उनलाई पाखाला लागेको हो । संविधानसभा बैठकमा सहभागी हुन बानेश्वर पुगेका प्रधानमन्त्री एक्कासि पखाला लागेपछि बिहीबार दिउँसो ३ बजे बालुवाटार पुगेका थिए । पखाला लागेपछि उनी...

विपक्षी सभासद् र मर्यादापालकबीच संविधानसभामा घम्साघम्सी

२०७१ माघ ८ गते १५:४८

काठमाण्डु, ८ माघ– एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाका सभासदले संविधानसभाको बैठक फेरि अवरुद्ध गरेका छन् । दलहरुबीच सहमति प्रयास विफल भएपछि दोश्रोपटक साढे आठ बने सुरु भएको बैठक विपक्षी सभासदले नाराबाजीसहित अवरुद्ध गरेका हुन् । सभाध्यक्ष सुवास नेम्वाङको बैठकको कारबाही सुरु भएको घोषणा...

सभासदलाई प्रहरीले चोर-डाँकालाई जस्तै व्यवहार गरेपछि…

२०७१ माघ ८ गते १४:२७

माघ– सरकारले बिहीबार संविधानसभा बैठकको सुरक्षा व्यवस्था अत्यन्तै कडा पा¥यो । संविधानसभाभित्रै सभासदहरुबीच भिडन्त हुन सक्ने भन्दै ५ सय बढी मर्यादापालक थपिए । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरी र सशस्त्र प्रहरी पनि बाक्लो संख्यामा संविधानसभा परिसरमा उतारिए । अनौठो कुरा त के थियो भने सभासदलाई भित्र...

प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन अचानक स्थगित

२०७१ माघ ८ गते १२:५७

काठमाण्डु, ८ माघ– प्रधानमन्त्रीले जनताका नाममा गर्ने भनिएको सम्बोधन अचानक स्थगित भएको बताइएको छ । दलहरुबीच सहमति नभएको भन्दै प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन नगर्ने भएका हुन् । प्रधानमन्त्री कोइरालाले बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम थियाे । एक वर्षभित्र संविधान ल्याउने प्रतिबद्धता गर्दै प्रधानमन्त्री चुनिएका...

प्रचण्डलाई संविधानसभा छाडेर आउन विप्लवको आव्हान

२०७१ माघ ८ गते १२:५५

काठमाण्डु, ८ माघ– माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले संविधानसभाभित्र भएको विवाद छाडेर बाहिर आउन एमाओवादी नेतृत्वलाई आव्हान गरेका छन् । नेकपा–माओवादीबाट सम्बन्धविच्छेद गरेर नयाँ नेकपा माओवादी बनाएका विप्लवले संसदवादी दलहरुले सत्ता कब्जा गर्न लागेको समेत बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले संसदवादी...

प्रहरी नायब उपरीक्षक घुस लिदालिदै पक्राउ

२०७१ माघ ८ गते १२:११

काठमाण्डु, ८ माघ– प्रहरी नायब उपरीक्षक रमेश तामाङलाई ५० हजार घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । तामाङलाई घुस लिँदै गरेको अवस्थामा काठमाण्डुको नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैबाट पक्राउ गरिएको आयोगका सहप्रवक्ता केशव घिमिरेले जानकारी दिए । तामाङलाई...

केपी ओली किन ढिला आइपुगे बैठकमा ?

२०७१ माघ ८ गते १२:०१

काठमाण्डु, ८ माघ– चार प्रमुख पक्षको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली ढिला आइपुगेका छन् । संविधानसभा भवनभित्रै बसेको सत्तारुढ दल कांग्रेस, एमाले तथा प्रतिपक्षी एमाओवादी एवम् मधेसी मोर्चाबीच सुरु भएको वार्तामा अध्यक्ष ओली झण्डै डेढ घण्टापछि आइपुगेका हुन् । ओली बैठक सुरु हुने...

यो महाभारतका पात्र को को ?

२०७१ माघ ८ गते ११:५९

राजनीतिक विश्लेषण/कुसुम भट्टराई काठमाण्डु, ८ माघ– अक्टुबर क्रान्तिपछि लेनिनले रुसमा संविधानसभाको निर्वाचनमा जोड दिएका थिए । संविधानसभाको निर्वाचन भयो पनि । तर, विडम्बना लेनिनका विरोधीहरुले पो चुनावमा बहुमत ल्याए । करीब ७ सय सदस्य भएको संविधानसभामा लेनिनको बोल्सेभिक पार्टीले १ सय ६८ र अन्य...

सरकारको आयु लम्बियोः मन्त्री बस्नेत

२०७१ माघ ८ गते ११:३१

भक्तपुर, ८ माघ– उद्योगमन्त्री महेश बस्नेतले माघ ८ मा संविधान जारी हुन नसक्दा सरकारको आयु लम्बिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको अन्तरक्र्रियामा उनले संविधान जारी नभएसम्म यही सरकार रहने बताउँदै बताए । उनले भने,  ‘माघ ८ मा संविधान जारी गर्न...

सत्तारुढ दलले पञ्चायती शैलीमा हुकुम लाद्न खोज्यो : एमाओवादी

२०७१ माघ ८ गते ११:२८

काठमाण्डु, ८ माघ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले संविधानसभाको बिहीबारको बैठकमा सरकारले पञ्चायती शैलीमा संगीनका बलमा हुकुम लाद्न खोजिएको बताएको छ । बिहीबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले प्रतिपक्षी दलका सभासदलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै त्यसको भत्र्सना गरेको छ । प्रतिपक्षी दलका बेन्चबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us