समाचार

भत्केको पुलमुनि पुरुषको शव भेटियो

२०८२ जेठ २० गते १७:५९

काठमाण्डू, २० जेठ– काठमाण्डू माहानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४९ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । मृत फेला परेका ती पुरुषको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । व्यक्ति पहिचान नहुँदा प्रहरी...

नेपाल प्रहरीको हेडक्वार्टर पुगेर गृहमन्त्रीले लिए विपद् पूर्वतयारीको ब्रिफिङ

२०८२ जेठ २० गते १७:५४

काठमाण्डू, २० जेठ– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन । अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगे र ब्रिफिङ लिएको उनको सचिवालय स्रोतले जानकारी दिएको...

मेरो केही धारणा छैन, चुप बस्छुः राजुनाथ पाण्डे

२०८२ जेठ २० गते १७:३९

काठमाण्डू, २० जेठ– ६ महिनाको लागि निलम्बनमा परेका काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन । निलम्बनमा परेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए । उनले भने, ‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले...

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट

२०८२ जेठ २० गते १७:३३

काठमाण्डू, २० जेठ– सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरि रिट दार्ता गराएका...

चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ

२०८२ जेठ २० गते १७:२२

काठमाण्डू, २० जेठ– प्रहरीले ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएर स्वयम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक रहेको...

गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने

२०८२ जेठ २० गते १७:१५

काठमाण्डू, २० जेठ– नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइने भएको छ । मङ्गलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । उक्त इजलासमा ३१ वटा मुद्दाको पेसी तोकिएकोमा...

रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाण्डू सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

२०८२ जेठ २० गते १७:०६

काठमाण्डू, २० जेठ– सहकारी ठगीको आरोपमा जिल्ला कारागार रुपन्देहीमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई काठमाण्डूमा सुरुवा गर्न माग गरेका छन । लामिछानेले सरुवा भएर काठमाण्डू जाने इच्छा व्यक्त गरेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले कारागार व्यवस्थापन...

महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

२०८२ जेठ २० गते १६:५३

काठमाण्डू, २० जेठ– काठमाण्डू महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिना निलम्बन गरेका हुन् । पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको जानकारी दिएका छन । उनले आफूले महानगरमा राम्रो...

भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

२०८२ जेठ २० गते १५:१८

काठमाण्डू, २० जेठ– आज (मंगलबार) बस्ने भनेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा...

आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा

२०८२ जेठ २० गते १४:४०

काठमाण्डू, २० जेठ– काठमाण्डू उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले आज ( मंगलबार) पनि २ वटा बस सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर,...

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

२०८२ जेठ २० गते १४:३७

काठमाण्डू, २० जेठ– झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट हुदाँ करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ । गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठक जानकारी दिएका...

भिजिट भिसा प्रकरणको छानबिन गर्न तयार भए विपक्षीले गृहमन्त्रीलाई बोल्न दिने

२०८२ जेठ २० गते १४:३१

काठमाण्डू, २० जेठ– भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार भए गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिन विपक्षी दलहरू तयार भएका छन । आज (मंगलबार) प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको बैठकले यस्तो निर्णय गरेको बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us