समाचार

वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन

२०८२ जेठ २१ गते १७:२५

काठमाण्डू, २१ जेठ– नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को सहमतिमा नेतृत्व छनोटमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने पक्का भएको छ । सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले...

रौतहटमा ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

२०८२ जेठ २१ गते १७:१८

काठमाण्डू, २१ जेठ– रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरमा ट्रक र विद्युतीय (इभी) गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुर रहेको...

राजावादीको बैठकमा माइक खोसाखोस, बाहिरिए शीर्ष नेता

२०८२ जेठ २१ गते १७:१२

काठमाण्डू, २१ जेठ– वर्तमान व्यवस्था विरोधी राजावादीहरुको समूह ‘संयुक्त जनआन्दोलन समिति’को आज (बुधबार) को बैठकमा सहभागीबिच माइक खोसाखोस भएको छ । बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित भएको थियो । बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका...

राजावादीको बैठकमा लिङ्देनलाई प्रश्नः संसद् चाहिएको भए आन्दोलन किन ?

२०८२ जेठ २१ गते १७:०५

काठमाण्डू, २१ जेठ– दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव अवस्था सिर्जाना भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको हो ।...

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

२०८२ जेठ २१ गते १५:३८

काठमाण्डू, २१ जेठ– पूर्वसभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दर्ता गराएका थिए । प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित...

सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू प्रचण्ड निवास खुमलटारमा

२०८२ जेठ २१ गते १५:३४

काठमाण्डू, २१ जेठ– माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सहमति नभएपछि इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पाली लगायतका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि दीपशिखा र शेर्पाली प्रचण्डसँग राय...

संघीय सरकारले ५ करोडभन्दा तलका योजना राख्नु हुँदैन: भौतिकमन्त्री दाहाल

२०८२ जेठ २१ गते १५:२६

काठमाण्डू, २१ जेठ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संघीय सरकारले ५ करोड भन्दा साना आयोजनामा बजेट राख्न नहुने तर्क गरेका छन । आज (बुधबार) नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक कार्यक्रममा...

सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय

२०८२ जेठ २१ गते १५:१६

काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा...

ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु

२०८२ जेठ २१ गते १५:११

काठमाण्डू, २१ जेठ– ललितपुरमा बाटो मर्मत गर्ने क्रममा बिजुलीको पोल ढलेर पोलले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन । उनका अनुसार, डोजरले बाटो खन्ने...

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेन माओवादी

२०८२ जेठ २१ गते १४:२०

काठमाण्डू, २१ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा कायम गरेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य...

गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैनः सरकार प्रवक्ता

२०८२ जेठ २१ गते १४:०३

काठमाण्डू, २१ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको तर्क गरेका छन । आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन । सञ्चारमन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण...

प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

२०८२ जेठ २१ गते १३:५८

काठमाण्डू, २१ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन । संसद भवन नयाँ वानेश्वरमा छलफल जारी रहेको सभामुको सचिवालय स्रोतले जानकारी दिएको छ । जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us