सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर सारिएको छ । सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सरेको जानकारी गराएको छ ।

आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् ।

सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन । सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us