पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १५:३८ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– पूर्वसभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दर्ता गराएका थिए ।

प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ भएको हो । आज सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका हुन् ।

यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । ०६९ मङ्सिरमा काभ्रेका लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमायाले सापकोटासहित माओवादी कार्यकर्ताहरु विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

तर लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतको आदेशपछि २०६९ मङ्सिरमा सापकोटासहित माओवादी नेताहरु विरुद्ध रिटा दायर भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us