
काठमाण्डू, २१ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन । संसद भवन नयाँ वानेश्वरमा छलफल जारी रहेको सभामुको सचिवालय स्रोतले जानकारी दिएको छ ।
जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले भिजिट भिसाका सम्बन्धमा उठेको प्रश्न निरुपण हुनुपर्ने बताइरहेका छन् । यस निम्ति छानबिन समिति वा आयोग बन्नुपर्ने प्रतिपक्षी दलहरुको माग छ ।
सत्तापक्षले गृहमन्त्री रमेश लेखकले जवाफ दिएपछि मात्रै अन्य विषयमा छलफल हुने अडान लिएको छ । यही विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल जारी छ ।