नेपाल प्रहरीको हेडक्वार्टर पुगेर गृहमन्त्रीले लिए विपद् पूर्वतयारीको ब्रिफिङ

काठमाण्डु टुडे २०८२ जेठ २० गते १७:५४ मा प्रकाशित

काठमाण्डू, २० जेठ– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल पुगेर विपद् व्यवस्थापनको पूर्वतयारीबारे ब्रिफिङ लिएका छन ।

अन्य वर्षभन्दा एक साताअघि मनसुन भित्रिएका बेला उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राखेर गृहमन्त्री लेखक प्रहरी हेडक्वार्टर पुगे र ब्रिफिङ लिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसअघि हिजोमात्रै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको हेडक्वार्टर पुगेर ब्रिफिङ लिएका थिए । गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख आईजीपी दिपक थापासहित अन्य अधिकारीहरूसँग विपद्को तयारीबारे भइरहेको तयारीबारे ब्रिफिङ लिएका हुन् ।

गत वर्ष विपद्का प्रतिकार्यमा काठमाण्डू उपत्यकामा समेत गृह प्रशासनको कमजोरी देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us