मेरो केही धारणा छैन, चुप बस्छुः राजुनाथ पाण्डे

काठमाण्डु टुडे २०८२ जेठ २० गते १७:३९ मा प्रकाशित

काठमाण्डू, २० जेठ– ६ महिनाको लागि निलम्बनमा परेका काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन ।

निलम्बनमा परेपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए । उनले भने, ‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन ।

निलम्बन गरियो सकियो,’ पाण्डेले भने, ‘हुलहुज्जत गर्‍यो भनेर निलम्बन गरिएको भन्छन् । मेरो मूल्याकंन म आफैंले गर्नु ठिक हुँदैन ।’उनले आफूले पत्र बुझ्नुभन्दा पहिलै मिडियामा समाचार आइसकेको पनि बताए ।

काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि आजै निलम्बन गरेका छन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us