भत्केको पुलमुनि पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८२ जेठ २० गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २० जेठ– काठमाण्डू माहानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४९ वर्षीय पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

मृत फेला परेका ती पुरुषको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । व्यक्ति पहिचान नहुँदा प्रहरी अनुसन्धानमा समेत समस्या भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृत्युका कारण पनि अहिलेसम्म यकिन भईनसकेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us