महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाण्डु टुडे २०८२ जेठ २० गते १६:५३ मा प्रकाशित

काठमाण्डू, २० जेठ– काठमाण्डू महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिना निलम्बन गरेका हुन् ।

पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको जानकारी दिएका छन । उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us