
काठमाण्डू, २० जेठ– झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट हुदाँ करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ ।
गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठक जानकारी दिएका छन ।
उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा फेला परेको पनि जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।