समाचार

तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो

२०८१ चैत १९ गते १७:०९

काठमाण्डू, २० चैत– संघीय सांसद प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले गत शुक्रबार काठमाण्डूको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई...

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

२०८१ चैत १९ गते १७:०५

काठमाण्डू, २० चैत– सरकारले गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन...

नेपाली महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र आएको होः प्रचण्ड

२०८१ चैत १९ गते १७:०१

काठमाण्डू, २० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाले बन्दुक उठाएकैले नेपालबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन । आज (बुधबार) अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पौडेल

२०८१ चैत १९ गते १६:४८

काठमाण्डू, २० चैत– काठमाण्डूको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ । प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरुले जानकारी दिएका छन । प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी...

पत्रकार सुरेश रजकको पोस्टमार्टम स् गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि

२०८१ चैत १९ गते १६:३२

काठमाण्डू, २० चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीको प्रर्दशनको क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको निष्कर्ष निकालेको छ । हिजो साँझ उनको एक्स–रे गरिएको थियो...

पार्टीको झण्डा ओढाएर बोहराको अन्तिम बिदाइ

२०८१ चैत १९ गते १६:२४

काठमाण्डू, २० चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन । बोहरालाई श्रद्धाञ्जली दिन उपप्रधान तथा...

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा ८ सम्झौता

२०८१ चैत १९ गते १६:११

काठमाण्डू, २० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका...

नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँः थाइ प्रधानमन्त्री शिनावात्रा

२०८१ चैत १९ गते १६:०४

काठमाण्डू, २० चैत– थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शिनावात्राले यस्तो...

रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै

२०८१ चैत १९ गते १५:३३

काठमाण्डू, २० चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि बुधबार अदालत लगिँदैछ । जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा रहेका ४१ जनालाई काठमाण्डू जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने...

शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त

२०८१ चैत १९ गते १५:२५

काठमाण्डू, २० चैत– आज (बुधबार) शिक्षकहरूको प्रदर्शनका कारण काठमाण्डूको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाण्डूमा र्‍याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाण्डूको विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर...

नेपाली सेनाको टोली म्यानमार प्रस्थान, करिब एक साता घाइतेको उपचारमा खटिने

२०८१ चैत १९ गते १५:२०

काठमाण्डू, २० चैत– नेपाल सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ पठाइएको हो । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेको बताइएको छ । उक्त टोलीले करिब...

जागरण अभियानमा सहभागी हुन नेपालगञ्ज पुगे प्रचण्ड

२०८१ चैत १९ गते १३:४५

काठमाण्डू, २० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) नेपालगञ्ज पुगेका छन । अध्यक्ष प्रचण्ड जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज पुगेका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us