समाचार

इतिहासकै ठुलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियोः अर्थमन्त्री वाग्ले

२०८३ जेठ २७ गते १४:४०

काठमाण्डू, २७ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको तर्क गरेका छन । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन । उनले उक्त प्रकरणमा...

प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन

२०८३ जेठ २७ गते १४:२३

काठमाण्डू, २७ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको लिखित प्रस्ताव परराष्ट्रमन्त्री शिशिर खनालले पढे हुन्छ भन्ने विपक्षी दलको प्रस्ताव मानेको छैन । रास्वपा सभापति रवि लामिछानेले बोलाएको विपक्षी दलहरूको बैठकमा विपक्षी दलका नेताहरू प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उनको...

९ महिनापछि ओलीको राजीनामा राजपत्रमा

२०८३ जेठ २७ गते १४:१७

काठमाण्डू, २७ जेठ– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ । भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले आज (बुधबार) उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको हो...

रास्वपा कोशी सभापतिका लागि सात जनाको उम्मेदवारी

२०८३ जेठ २७ गते १३:२२

काठमाण्डू, २७ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाको उम्मेदवारी परेको छ । विराटनगरमा सुरु भएको रास्वपाको पहिलो अधिवेशनमा सात जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली,...

सुरु नै नभइ सर्यो संसद् बैठक

२०८३ जेठ २७ गते १३:१५

काठमाण्डू, २७ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सुरु नै नभइ सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन । दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ...

संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री वाग्ले

२०८३ जेठ २७ गते १३:०९

काठमाण्डू, २७ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दलहरूलाई अनुरोध गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लले यस्तो बताएका हुन । अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले भने, ‘जथाभावी संसदीय...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

२०८३ जेठ २७ गते १३:००

काठमाण्डू, २७ जेठ– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्मको लागि थप गरेको छ । सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन । आयोगले जेठ...

करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

२०८३ जेठ २७ गते ११:२२

काठमाण्डू, २७ जेठ– करको दर हेरफेर प्रकरणमा प्रतिपक्षी दल एमलेले संसदीय छानबिन हुनुपर्ने माग गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग राखेका हुन् । ‘विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठेकाले संसदीय छानबिन हुनुपर्छ’ उनले भने, ‘बिवाइडी गाडीको...

नेतृत्व चयन ढिलो भएपछि हेटौंडाबाट फर्कन थाले रास्वपाका प्रतिनिधि

२०८३ जेठ २७ गते ११:१६

काठमाण्डू, २७ जेठ– हेटौंडामा जारी सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती अधिवेशन नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिले ढिलो गरेपछि प्रतिनिधिहरु घर फर्कन थालेका छन् । मंगलबार विहान सुरु भएको अधिवेशन हिजो नै सक्ने गरी कार्यतालिका बनाइएको थियो । बुधबार बिहानसम्म मतदान...

महावीर पुनको ‘लजिङ एन्ड फुडिङ’ मन्त्रालयमै, कार्यालयमै सुत्ने घोषणा

२०८३ जेठ २६ गते २१:३२

काठमाडौं- नवनियुक्त मन्त्री महावीर पुनले तत्कालका लागि मन्त्रालयमै बस्ने बताएका छन् ।  सरकारी क्वार्टर उपलब्ध हुने अवस्था हाललाई नरहेको आफूलाई थाहा भएको भन्दै उनले मन्त्रालयमै बसेर काम अघि बढाउने निर्णय गरेको स्पष्ट पारे । मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले मन्त्रालयमै बस्ने...

कर विवादमा अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयको खण्डन, ‘त्रुटि सच्याउन मात्र पत्राचार’

२०८३ जेठ २६ गते २१:२१

काठमाडौं- अर्थमन्त्री । अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयकसँग सम्बन्धित करका दर हेरफेर गरिएको आरोपको खण्डन गर्दै संसद् सचिवालयमा पठाइएको पत्र त्रुटि सुधारका लागि मात्र भएको जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा आर्थिक विधेयकमा देखिएको प्राविधिक त्रुटि सच्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख...

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

२०८३ जेठ २६ गते २१:१२

काठमाडौं-नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले उक्त निर्णय सार्वजनिक गर्दै लामो समयदेखि चर्चामा रहेको घटनाको छानबिन प्रक्रिया अघि बढाइने बताएका हुन् । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us