समाचार

बजेटले अनुमान गरेजस्तो आम्दानी हुने अवस्था छैनः पूर्व अर्थमन्त्री महत

२०८२ असार १ गते १५:४२

काठमाण्डू, १ असार– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक वर्ष ०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै...

बागमतीमा बजेटको आकारबारे विवाद, अर्थमन्त्री र सचिव सम्पर्कविहीन

२०८२ असार १ गते १५:२६

काठमाण्डू, १ असार– बागमती प्रदेश सरकारमा आगामी आर्थिक बर्षको बजेटको आकारका विषयमा सत्ता साझेदार दलबीच नै विवाद भएको खुलेको छ । दलगत विवादको चेपुवामा परेपछि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सम्पर्कविहीन भएको नेताहरूले आरो लगाएका छन...

दुर्गा प्रसाईंले मिडिया हाउस जलाउनुपर्छ भन्दै पठाएको म्यासेज भेटियो

२०८२ असार १ गते १५:२१

काठमाण्डू, १ असार– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको आराजक र हिशांत्मक प्रदर्शनको जनकमाण्ड गरेका जनकमाण्डर एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मिडिया हाउस सहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई म्यासेज पठाएको पाइएको छ । तिनकुनेको हिंसात्मक घटना गराएको...

अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङ र बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ

२०८२ असार १ गते १५:०२

काठमाण्डू, १ असार– प्रहरीले व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला प्रहरी...

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

२०८२ असार १ गते १४:५२

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् । आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् । बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले...

संसद्को वेल अगाडि पलेंटी कसेर बसे रास्वपा सांसद

२०८२ असार १ गते १४:४४

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् । केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका...

सभामुखले सुनेनन् विपक्षीको आग्रह

२०८२ असार १ गते १४:३७

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे प्रतिपक्षी दलहरु राप्रपा र रास्वपालाई पेलेरै अघि बढेका छन । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले...

सभामुख घिमिरेलाई राप्रपा सांसद शाहीले भनेः यो दादागिरी हो, तुरुन्त बन्द गर्नुस् !

२०८२ असार १ गते १४:१०

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संसदमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्दै सदनको कारबाही अघि बढाउनु संसदीय अभ्यास नभई ‘दादागिरी’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन । राप्रपा र रास्वपाको अवरोधकै बीच सदन चलाइएकोमा...

प्रतिनिधिसभा बैठक छाडेर बाहिरिए राप्रपाका सांसद

२०८२ असार १ गते १४:०४

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक चलिरहेकै बोला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु भने बैठकबाट बाहिरिएका छन । बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन् । उनले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत्...

रास्वपालाई कांग्रेसको प्रश्नः पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?

२०८२ असार १ गते १३:५९

काठमाण्डू, १ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले यस्तो...

बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्‌मा छलफल सुरु

२०८२ असार १ गते १३:५३

काठमाण्डू, १ असार– सरकारले आगामी आर्थिक बर्ष ०८२–८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आज (आइताबार)बाट प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । जेठ १५ गते संसद्‌मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण सैद्धान्तिक छलफल प्रारम्भ हुन सकेको थिएन् ।...

अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुख घिमिरेलाई प्रश्नः सभा सञ्चालन गर्ने तरिका भएन

२०८२ असार १ गते १३:४५

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । तर सभामुख घिमिरेले अर्थमन्त्री पौडेलले उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us