बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

काठमाण्डु टुडे २०८२ असार १ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् । बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन् । उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका हुन् ।

उनी संसद्को हाजिर गरेर दर्शक दिर्घामा गएका हुन् । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् । ‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्री ज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ,’ बजगाईंले भने, ‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ।’

जानकारी हुँदा हुँदै सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उनको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us