
काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक चलिरहेकै बोला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरु भने बैठकबाट बाहिरिएका छन ।
बैठकमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको बताएका छन् । उनले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए । यता रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन्।