संसद्को वेल अगाडि पलेंटी कसेर बसे रास्वपा सांसद

काठमाण्डु टुडे २०८२ असार १ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।

केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् । उनीहरू बसेरै नाराबाजी गरिरहेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us