अश्लिल भिडियो खिचेर ब्ल्याकमेलिङ र बार्गेनिङ गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८२ असार १ गते १५:०२ मा प्रकाशित

काठमाण्डू, १ असार– प्रहरीले व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय शंखुवासभाको टोलीले पक्राउ गरेको हो । उनीहरुले एक व्यक्तिको अश्लिल भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

आफूहरुले भनेअनसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको पाइएको शंखुवासभा प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर अभिशेक कुमार श्रेष्ठले जानकारी दिएका छन ।

पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us