समाचार

नेपालले भने, ‘सात प्रदेशकै विषयलाई लिएर बन्द हड्ताल नगरौं ’

२०७२ भदौ ५ गते १४:४८

काठमाण्डु, ५ भदौ-नेकपा एमालेका नेता माधवकुमार नेपालले सात प्रदेशमा चित्त नबुझ्नेले शान्तिपूर्ण प्रक्रियाबाट आफ्ना माग राख्नुपर्ने बताएका छन् ।   एमाले सिन्धुपाल्चोक–काठमाण्डु सम्पर्क मञ्चले शुक्रबार आयोजना गरेको १० औँ सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सात प्रदेशकै विषयलाई लिएर बन्द हडताल नगर्नसमेत आग्रह...

भागबन्डा संस्कृतिको अन्त्य गर्नुपर्छः केसी

२०७२ भदौ ५ गते १४:१३

चितवन, ५ भदौ-नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १३औँ महाधिवेशनले गुटगत राजनीतिको अन्त्य गर्ने बताएका छन् ।   बिपी स्मृति युवा क्लबले शनिबार पूर्वी चितवनको पर्सामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले अब भागबन्डामा आधारित राजनीति नगरी जनप्रिय र क्षमतावान् व्यक्तिलाई नेतृत्वमा...

१० महिना अघि हतियार बुझाएको पार्टीले फेरि हतियार उठाउने

२०७२ भदौ ५ गते १४:०५

काठमाण्डु, ५ भदौ– माओवादी कम्यूनिस्ट केन्द्र नेपालले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरे फेरि सशस्त्र युद्ध थाल्ने चेतावनी दिएको छ । २०७१ कात्तिकमा जिल्ला प्रशासनमा हतियार बुझाएर केन्द्र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष डीएस महताले...

भैरहवामा निषेधाज्ञा जारी

२०७२ भदौ ५ गते १४:०३

भैरहवा, ५ भदौ-रुपन्देही जिल्ला प्रशासन कार्यालयले सदरमकाम भैरहवामा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।   जिल्ला सुरक्षा समिति रुपन्देहीका अध्यक्ष तथा प्रजिअ विष्णु ढकालले शान्ति अमनचयन कायम गर्न पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतम बुद्ध विमानस्थल, उत्तरमा पडसरी र...

तोकिएको समयमा कांग्रेस महाधिवेश हुन नसक्ने ७ कारण

२०७२ भदौ ५ गते १४:००

काठमाण्डु, ५ भदौ – नेपाली कांग्रेसको १३ औं महाधिवेशन दोस्रो पटक तोकेको मितिमा पनि नहुने निश्चित भएको छ । विधान र अन्तरिम संविधान २०६३ ले अहिले तोकेको समयमा महाधिवेशन गर्नैपर्ने बाध्यता भएपछि पार्टी नेतृत्व संविधान निर्माणमा व्यस्त रहनुपर्ने भएकाले समय दिन नसकेको भन्दै सार्न...

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न ५५ हजार हस्ताक्षर

२०७२ भदौ ५ गते १३:५७

काठमाण्डु, ५ भदौ-जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउन पचपन्न हजार हस्ताक्षर सङ्कलन गरिएको छ ।   मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन सुरु गरिएको थियो ।   अभियानका तर्फबाट राजकुमार महतोले हस्ताक्षरित कागजात विभागका महानिर्देशक भेषनारायण दाहाललाई शुक्रबार हस्तान्तरण...

माओवादी कम्युनिस्ट केन्द्रले क्रान्तिकारी सत्याग्रह गर्ने

२०७२ भदौ ५ गते १३:४१

काठमाण्डु, ५ भदौ– सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै शान्ति प्रक्रियामा रहेको माओवादी कम्युनिस्ट केन्द्र नेपालले राजधानीमा बृहद क्रान्तिकारी सत्याग्रह गर्ने भएको छ । २०७१ साल कार्तिक ३० गते जिल्ला प्रशासन कार्यालमा हतियार बुझाएर शान्ति प्रक्रियामा आएको केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

यथास्थितिमा संविधान जारी भए मुलुकमा फेरि द्वन्द्व

२०७२ भदौ ५ गते १३:३८

काठमाण्डु, ५ भदौ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले एकलौटी ढंगबाट संविधान जारी गरे आम जनताको अपेक्षामा कुठाराघात हुने बताएका छन् । अध्यक्ष वैद्यले शनिबार विज्ञप्ती जारी गरी चार दलको मात्र सहभागितमा जारी हुने संविधान जनताको जनादेश विरुद्ध परिलक्षित रहेको बताएका छन् । उनले...

सुरक्षा घेरामा चार सय गाडी !

२०७२ भदौ ५ गते १३:२७

विराटनगर, ५ भदौ-संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण रोकेर राखेका चार सयभन्दा बढी गाडीलाई शुक्रबार साँझ प्रहरीले सुरक्षा घेरा दिई गन्तव्यतर्फ पठाएका छन् ।   सिरहाको बन्दीपुरमा रोकेर राखेका २९८ वटा यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई प्रहरीले सुरक्षा घेरा दिई उदयपुर,...

बन्दकर्ताले ढुंगामुढा गर्दागर्दै बस पल्टियो,१४ जना घाइते

२०७२ भदौ ५ गते १३:२१

सप्तरी, ५ भदौ– सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाले बन्दमा प्रहरीले सुरक्षा दिएर लैजाँदै गरेको ना३ख ४२६६ नंको बसमा बन्दकर्ताले ढुङ्गामुढा गर्दा बस एक्कासि अनियन्त्रित भई पल्टेको छ । सो दुर्घटनामा १४ जना यात्रु घाइते भएको जनाइएको छ । प्रहरीले भने ढुङ्गामुढाले नभई बस...

गोरखा–कीर्तिपुर युद्धको सम्झनामा हरित उद्यान

२०७२ भदौ ५ गते १३:०७

काठमाण्डु, ५ भदौ-नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह नेतृत्वको गोरखाली फौज र कीर्तिपुरवासीबीचको युद्धको स्मृतिमा कीर्तिपुरमा छ्याकः लो हँ हरित उद्यान निर्माण गरिने भएको छ ।   कीर्तिपुरको मुख्य प्रवेश मार्ग नगरपालिकाको वडा नं ३ स्थित चिठु क्षेत्रमा अवस्थित लगभग दुई रोपनी क्षेत्रफलको जग्गालाई पर्यटन...

भूकम्प प्रभावित २४ परिवारलाई नयाँ घर

२०७२ भदौ ५ गते १२:५७

चितवन, ५ भदौ-भूकम्पबाट विस्थापित २४ घरपरिवारलाई नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले अस्थायी घर निर्माण गरी शनिबार हस्तान्तरण गरेको छ ।   शक्तिखोर– ९ को जुटपानी चोकमा रहेको सरकारी जग्गामा दुई दर्जन घर निर्माण गरी काउले –४ गुछीबाङका विस्थापितलाई हस्तान्तरण गरिएको हो । चितवनका प्रजिअ विनोदप्रकाश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us