समाचार

निमित्तका भरमा सरकारी कार्यालय

२०७२ भदौ ३ गते १०:०७

भीमदत्तनगर, ३ भदौ – आर्थिक वर्ष सकिएसँगै कार्यालय प्रमुखले जिल्ला छाड्ने लहर नै चलेपछि बझाङका अधिकांश सरकारी कार्यालय अहिले निमित्तका भरमा सञ्चालन भइरहेका छन् । जिल्ला प्राविधिक कार्यालय, नगरपालिका कार्यालय, जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, नगर जिल्ला निर्वाचन कार्यालय, जिल्ला पशु सेवा कार्यालय...

धनबहादुरको घरमा आगलागी हुँदा १० लाखको क्षति

२०७२ भदौ ३ गते ९:५८

बनेपा, ३ भदौ – काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविस निवासी धनबहादुर ध्यावाको घरमा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । विद्युत् प्रवाहमा गडबडी भएर आगलागी हुँदा २०० ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरीनायब उपरीक्षक राजकुमार केसीले जानकारी...

मुस्ताङमा यार्तुङ पर्वको रमझम शुरु

२०७२ भदौ ३ गते ८:५५

मुस्ताङ, ३ भदौ – मुस्ताङको उपल्लो क्षेत्रका ६ गाविसमा यार्तुङ पर्वको रमझम सुरु भएको छ । बर्खायामको अन्त भई हिउँद याम सुरु हुने समयलाई रमाइलो तरिकाले तीन दिनसम्म मनाउने पर्वलाई यार्तुङ भनिन्छ । तिब्बतीयन भाषामा ‘र्या’ भनेको समर वर्षा ‘तुङ’ भनेको रमाइलो भन्ने हुन्छ...

चितवनमा राष्ट्रिय सहकारी सङ्ग्रहालय स्थापना

२०७२ भदौ ३ गते ८:२५

चितवन, ३ भदौ – चितवनको शारदानगरमा रहेको बखान बहुउद्देश्यीय सहकारी संस्थाले ‘राष्ट्रिय सहकारी सङ्ग्रहालय’ स्थापना गरेको छ । विसं २०१३ चैत २० गते स्थानीयपासी बखानसिंह गुरुङको नेतृत्वमा यहाँ नेपालमै पहिलो सहकारी खुलेको थियो । ६० जना सदस्य मिलेर १०/१० रुपैयाँ उठाई ६०० जम्मा गरेर...

एकै नम्बर प्लेटका दुई वडा गाडी

२०७२ भदौ ३ गते ८:२१

म्याग्दी, ३ भदौ – म्याग्दीमा प्रहरीले बुधबार एकै नम्बर प्लेटका दुईवटा गाडी नियन्त्रणमा लिएको छ । बेनीको कालीपुल बसपार्कबाट यातायात व्यवस्था कार्यालय कास्की पोखरामा दर्ता भएको ग २ च १६६२ नम्बरको दुईवटा कार नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको हो । ग २ च १६६२ नम्बरको...

एक वर्षमा सुनसरीमा ५५ नयाँ सहकारी दर्ता

२०७२ भदौ ३ गते ८:१४

  इनरुवा, ३ भदौ – सुनसरी जिल्ला आव २०७१/७२ मा ५५ वटा नयाँ सहकारी सङ्घसंस्था दर्ता भएका छन् । सो आवमा सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी...

प्रधानमन्त्री रिसाउँदै बाहिरिएपछि शीर्ष बैठक भाँडियो

२०७२ भदौ २ गते २०:२५

काठमाण्डु, २ भदौ– प्रधानमन्त्री सुशील कोइराला रिसाएर हिंडेपछि सिमांकनसहित संविधानका बाँकी विषयमा सहमति जुटाउन बसेको प्रमुख दलका शीर्ष नेताको बैठक भाँडिएको छ । सिंहदरबारमा बुधबार बैठक चलिरहेका बेला एमाओवादीले देशभर बढेको असन्तुष्टि सम्बोधन गर्न सात प्रदेशमा जान प्रस्ताव गरेपछि कोइराला झोक्किँदै बैठक छाडेर बाहिरिएका...

आफै सरकारमा बसेर मन्त्री लालबाबुले किन गरे सरकारकै बिरोध ?

२०७२ भदौ २ गते १९:०८

काठमाण्डु, २ भदौ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेशका सन्दर्भमा अहिले भइरहेको आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्न नहुने बताएका छन् । उनले अनाहकमा कसैको ज्यान जान नहुने भन्दै सरकार यसमा गम्भिर हुनुपर्ने बताए । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको अन्तरक्रियामा उनले भने, ‘अहिले छ...

जनता मारेर संसदलाई ढाँटेको भन्दै बामदेवमाथि खनिए सभासद्

२०७२ भदौ २ गते १९:०३

काठमाण्डु, २ भदौ– सभासदहरुले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सप्तरी घटनाबारे संसदमा झुठो जानकारी गराएको भन्दै आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनीहरुले गृहमन्त्रीको दाबी कपोलकल्पित भएको आरोप लगाए । सभासदले भारदहमा भएको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेको भन्दै घटना छानबिनका लागि उच्चस्तरीय...

मधेशी मोर्चा सरकारी कार्यालय बन्द गराउँदै हिड्यो

२०७२ भदौ २ गते १८:५८

रौतहट,२ भदौ– मधेशी मोर्चाको आह्वानमा गत मङ्गलबारदेखि जारी बन्दको क्रममा बुधबार मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । घेराउको क्रममा मोर्चाका कार्यकर्ताले प्रशासन कार्यालय अगाडि नारावाजी तथा प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा मोर्चाका कार्यकर्ताले सदरमुकाम गौरका सरकारी कार्यालय बन्द गराएका...

कपिलवस्तुको तौलिहवामा गोली चल्यो, दुई घाइते, स्थिति तनावग्रस्त

२०७२ भदौ २ गते १८:३९

कपिलवस्तु, २ भदौ–संयुक्त मधेसी मोर्चाद्वारा जारी आन्दोलन झन हिंसात्मक बन्दै गइरहेको छ । आइतबार र सोमबारको देशब्यापी बन्दपछि पनि तराईका विभिन्न जिल्लामा मोर्चाले अनिश्चितकालीन बन्द गर्दै आन्दोलनलाई अगाडि बढाउँदै आइरहेको छ । चार दलले संविधानको मस्यौदा मधेसको हितविपरीत ल्याएको र सीमांकन पनि मधेसीको माग...

मैयाले गरिन् घरैसहित १० करोड दान

२०७२ भदौ २ गते १८:३६

चितवन, २ भदौ– पूर्वसांसद मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको घर र दुई करोड नगद मैयादेवी ट्रष्टलाई हस्तान्तरण गरेकी छन् । श्रेष्ठ बस्दै आएको भरतपुर उपमहानगरपालिका–३ मा रहेको करिब आठ करोड रूपैयाँ पर्ने घर र नगद दुई करोड गरी १० करोडको सम्पत्ति बुधबार चितवनमा आयोजित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us