१० महिना अघि हतियार बुझाएको पार्टीले फेरि हतियार उठाउने

काठमाण्डु टुडे २०७२ भदौ ५ गते १४:०५ मा प्रकाशित

ak 47काठमाण्डु, ५ भदौ– माओवादी कम्यूनिस्ट केन्द्र नेपालले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरे फेरि सशस्त्र युद्ध थाल्ने चेतावनी दिएको छ ।
२०७१ कात्तिकमा जिल्ला प्रशासनमा हतियार बुझाएर केन्द्र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष डीएस महताले आफूहरु शान्तिपूर्ण राजनीतिमा आउन चाहेको भए पनि सरकारले वातावरण नबनाएको दाबी गरे । उनले भने, ‘हामीसँग युद्धकालका हतियार सुरक्षीत छन् । त्यस्तै परे ती हतियार निकाल्छौ ।’     केन्द्रले आफ्नो माग पूरा गराउन भदौ ७ र ८ गते खुलामञ्चलमा वृहद क्रान्तिकारी सत्याग्रह गर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us