समाचार

सीमांकन र नामांकनसहितको संविधान जारी हुन सक्दैनः आचार्य

२०७२ भदौ १० गते १६:०५

भक्तपुर, भदौ १० गते – संविधानविद्व भिमार्जुन आचार्यले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने बताएका छन् । बिहिबार रफत सञ्चार क्लबले गरेको कार्यक्रममा संविधानविद्व आचार्यले आम जनताले चित्त नबुझाएकाले दलहरुले पकिल्पना गरेको सीमाङ्नसहितको संविधान जारी गर्न कुनै पनि नेताको हैसियत नभएको दाबी गरे...

एमाओवादी सम्बद्ध मधेशी मोर्चाद्धारा आन्दोलनको घोषणा

२०७२ भदौ १० गते १५:५८

काठमाण्डु, १० भदौ– एकीकृत नेकपा माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ती मोर्चा क्रान्तिकारीले अलग्गै मधेस आन्दोलनको घोषणा गरेको छ । मोर्चाले विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकरा सम्मेलन गरेर आफ्ना १० बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा भदौ ११ र १२...

असन्तुष्टिलाई राजनीतिकरुपमा सम्बोधन गर्न सभासद्को माग

२०७२ भदौ १० गते १५:४३

काठमाण्डु, १० भदौ-संविधानसभाको बिहीबारको बैठकमा सभासद्हरुले असन्तुष्ट जनता र समुदायको भावनालाई राजनीतिक तवरले सम्बोधन गर्दै सबैले अपनत्व अनुभव गर्ने संविधान जारी हुनुपर्नेमा जोड दिएका छन् ।   ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँहरुले जनस्तरबाट उठेको असन्तुष्टिलाई...

कैलाली नरसंहारबारे स्पष्टिकरण सोधेपछि अमरेस भूमिगत

२०७२ भदौ १० गते १५:३१

काठमाण्डु, १० भदौ– कैलालीको टीकापुरमा भएको नरसंहारलगत्तै नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह सम्पर्क बिहिन भएका छन् । हिंसात्मक मानसिकता भएकाहरुलाई उक्साएर कैलाली घटना घटाएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधपनि सिंहले पत्र बुझेका छैनन् । कैलालीलगायतका जिल्लामा सामाजिक सद्भाव भडकाउने...

सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकी हटाइयो

२०७२ भदौ १० गते १४:४३

गौशाला, १० भदौ-महोत्तरी जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ ।   सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको बखरीचोक, मटिहानीचोक, मनरा, टिकुलिया, लक्ष्मीनियाँ, भिठ्ठामोड र सीमा क्षेत्रमा रहेका पाँच सुरक्षा चौकीहरु हटाइएको हो ।   सशस्त्र...

कैलालीको टिकापुरमा फेरि गोली चल्यो

२०७२ भदौ १० गते १४:३६

कैलाली, १० भदौ– बिहीबार जिल्लाको टिकापुरमा निषेधाज्ञा जारी गरेको स्थानमा जबर्जस्ती देखा परेका एक पूरुषमाथि प्रहरीले गोली चलाएको छ । निषेधाज्ञा जारी गरिएको स्थानमा एक्कासि देखापरेका जगत देवकोटामाथि प्रहरीले गोली चलाएको हो । सो घटनामा प्रहरीले एकजना सुरक्षाकर्मीलाई पनि सामान्य घाइते भएका छन् ।...

एमाले पार्टी कार्यालयमा आगजनी

२०७२ भदौ १० गते १४:२७

रौतहट, १० भदौ– रौतहटको गौरमा रहेको एमाले पार्टी कार्यालयमा बिहीबार आन्दोलनकारीहरुले आगजनीको प्रयास गरेका छन् । छापामार शैलीमा मोटरसाइकलमा आएका आन्दोलनकारीले सुरक्षाकर्मीको आँखा छल्दै बाहिरबाटै कार्यालयमा आगो फालेर भागेका थिए । आगजनीबाट कार्यालयको एउटा कुर्सी जलेको छ । घट्नास्थलमा तत्कालै सुरक्षाकर्मी पुगेर आगो नियन्त्रणमा...

कञ्चनपुरमा यसरी भित्रिन्छ एचआइभी एड्स

२०७२ भदौ १० गते १३:४८

कञ्चनपुर, १० भदौ-एचआइभी एड्सबाट कञ्चनपुर जिल्लामा ४४० जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये २३१ पुरुष, २०८ महिला र एकजना तेस्रोलिङ्गीमा एड्सको सङ्क्रमण देखापरेको हो । एड्सबाट सङ्क्रमित हुने १८ वर्षमूनिका बालबालिकाको सङ्ख्या भने ५० रहेको छ ।   जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका...

ठिनीवासीले पूर्वराजाप्रति देखाए माया

२०७२ भदौ १० गते १३:३४

मुस्ताङ, १० भदौ-मुस्ताङ सदरमुकाम जोमसोमस्थित ठिनी गाउँका स्थानीय जनताले वर्षौं पुरानो ठिनी फाला पर्वलाई यसवर्ष पनि निरन्तरता दिने भएका छन् ।   थाक ठिनी राजा थर्कोचेनको पालादेखि मनाउँदै आएको यो पर्वलाई यही भदौ १५ र १६ गते विशेष कार्यक्रमको आयोजना गरी मनाउन लागिएको छ...

सप्तरीका सरकारी कर्मचारीले काम पाएनन्

२०७२ भदौ १० गते १३:१७

सप्तरी, १० भदौ-संयुक्त मधेसी मोर्चाले आह्वान गरेको निरन्तर बन्दका कारण सप्तरी जिल्लामा यातायात ठप्प भएपछि सदरमुकाम राजविराजमा रहेका सरकारी कार्यालयमा सेवाग्राही आउन छाडेका छन् ।   जिल्लामा यातायात सञ्चालन नभई पूर्णरुपमा यातायात ठप्प हुँदा यहाँको सरकारी कार्यालयमा सेवाग्राही नआउनाले अधिकांश कार्यालय सुनसान देखिएका छन्...

कुटनीतिज्ञलाई राजनीतिक अवस्थाबारे जानकारी गराउने

२०७२ भदौ १० गते १३:०९

काठमाण्डु, १० भदौ– नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सरकारले अन्तर्राष्ट्रिय सम्ुदायलाई जानरीकारी गराउने भएको छ । संविधान निर्माण प्रक्रियाका क्रममा कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका हिंसात्मक प्रर्दशनको अवस्थाबारे नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जानकारी गराउन लागिएको हो । परराष्ट्र मन्त्रालयमा बिहबिार दिउँसो ३ बजे अर्थमन्त्री रामशरण...

सुनसान हेलम्बु पदमार्ग

२०७२ भदौ १० गते १३:०६

मेलम्ची, १० भदौ-सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट र लोकप्रिय हेलम्बु मेलम्ची घ्याङ शेर्माथान पर्यटकीय पदमार्ग सुनसान बनेको छ ।   भूकम्पका कारण पदमार्गका विभिन्न ठाउँमा गएका ठूलाठूला पहिरोका कारण र भूकम्पले धाँजा फाटेको ठाउँमा अविरल वर्षाका कारण पहिरो जान थालेपछि पदमार्ग सुनसान बनेको हो ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us