समाचार

डा. केसी फेरि अनसन बस्दै

२०७२ भदौ ७ गते १३:१४

काठमाण्डु, ७ भदौ– वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी सोमबारबाट आमरण अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा नीतिसम्बन्धी डा. केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै उनी अनशन बस्न लागेका हुन् । दिउँसो ४ बजेदेखि उनी अनशन बस्ने भएका हुन्...

प्रचण्ड र चिनियाँ कम्यिुनिष्ट पार्टीका नेताबीच भेटवार्ता

२०७२ भदौ ७ गते १३:०२

काठमाण्डु, ७ भदौ– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका चिनियाँ सत्तारुढ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका महानिर्देशक डोउ इन्होङले भेटवार्ता गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा सोमबार भएको भेटमा इन्होङले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । उनले संविधान निर्माण...

चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति

२०७२ भदौ ७ गते १२:४८

काठमाण्डु, ७ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन् ।   विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थ खनिया, नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई नियुक्ति गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले...

लिम्बुवान पार्टीका कमाण्डर काठ तस्करीको आरोपमा पक्राउ

२०७२ भदौ ७ गते १२:४१

मोरङ, ७ भदौ- काठ तस्करी गरेको आरोपमा प्रहरीले सङ्घीय लिम्बुवान पार्टी नेपाल मोरङका एक कमाण्डरलाई पक्राउ गरेको गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले लिम्बुवान भोलेन्टियर्सका मोरङ कमाण्डर सबिन भन्ने तुलबहादुर चेम्जोङलाई आइतबार राति पक्राउ गरेको हो । आइतबार राति ११...

डोल्पा–जाजरकोट सडकखण्डको सय किलोमिटर ट्र्याक खुल्यो

२०७२ भदौ ७ गते १२:२६

डोल्पा, ७ भदौ– डोल्पालाई केन्द्रीय सडक सञ्जालसँग जोड्नका लागि निर्माण कार्य थालिएको डोल्पा जाजरकोट सडकखण्डको सय किमि ट्र्याक खुला भइसकेको छ । सडकखण्डको जम्मा ११८ किमिमध्ये सय किमि सडकखण्डको निर्माण कार्य भइसकेको सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए । नेपाली सेनाले जिम्मा...

पहिरोले गाउँ जोख्खिममा

२०७२ भदौ ७ गते १२:००

रसुवा, ७ भदौ – रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ । निरन्तर वर्षाले घुम्ती बजारको माथिको ढिस्को र ठूलो ढुङ्गा खस्न गई ठूलो पहिरोका रुपमा परिणत भएको छ । ढुंगाले...

‘शेर’हरुलाई बाबुरामले भने, ‘नत्र अनिष्ट होला’

२०७२ भदौ ७ गते ११:५५

काठमाण्डु, ७ भदौ– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुारम भट्टराईले शीर्ष नेताहरुकै कारण मुलुकमा अनिष्ट निम्तिन सक्ने बताएका छन् । नेता डा. भट्टाराईले ट्वीटमार्फत शीर्ष नेताहरुले सीमांकनको बारेमा राखेको अडानले अहिलेसम्मका उपलब्धी गुम्न सक्ने औंल्याएका हुन् । सीमांकनका विषयमा कांग्रेस नेता शेरबहादुर देउवा,...

आगलागीबाट २५ लाखको क्षति

२०७२ भदौ ७ गते १०:५३

सोलुखुम्बु, ७ भदौ –कागेल–७ सोलुखुम्बु निवासी कुलकुमार बस्नेतको घरमा आइतबार साँझ आगलागी हँुदा करिब २५ लाख बराबरको क्षति भएको छ । अचानक आगलागी हुँदा घर पूरै जलेको छ । तीन तले घरसँगै १३ लाख ५० हजार रुपैयाँ बराबरको सुनचाँदी, लत्ताकपडा, अन्न र एक लाख...

सुतली बम विस्फोट

२०७२ भदौ ७ गते १०:४८

विराटनगर, ७ भदौ– विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा आइतबार राती १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट बम फालेर फरार भएको सुरक्षागार्डलाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको...

दसौँ दिन पनि जनकपुर बन्द

२०७२ भदौ ७ गते १०:३६

जनकपुर, ७ भदौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको अनिश्चितकालीन बन्दका कारण धनुषाको जनजीवन अस्तव्यस्त भएको छ । विगत १० दिनदेखि सार्वजनिक यातायातका साधन ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन् । बन्दले...

बिपीको सालिक तोडफोड

२०७२ भदौ ७ गते १०:२१

रौतहट, ७ भदौ – गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा तोडफोड गरेका हुन् । मोर्चाद्वारा गरिएको लाठी प्रदर्शनसहितको जुलुसको क्रममा एक जत्थाले सालिक तोडफोड गरेका हुन् । जिल्ला अदालत चोकदेखि...

गोरखा दरबार भक्तजनका लागि खुल्ला

२०७२ भदौ ७ गते ९:१४

गोरखा, ७ भदौ – विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो । भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us