कोशीका नयाँ मुख्यमन्त्रीको पुत्ला जलाइयो

काठमाण्डु टुडे २०८१ वैशाख २७ गते २०:०२ मा प्रकाशित

विराटनगर, २७ वैशाख– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको पुत्लादहन गरिएको छ ।

काँग्रेस कार्यकर्ताले बिहीबार साँझ विराटनगरमा कार्कीको पुत्लादहन गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले एमाले प्रदेशसभा संसदीय दलका नेता कार्कीलाई संविधानको धारा ७८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कार्कीले बिहीबारै प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

काँग्रेसले आफ्ना मुख्यमन्त्री केदार कार्कीलाई असंवैधानिक रुपमा बर्खास्त गरी प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएको छ ।

त्यसविरुद्ध कार्कीले बिहीबारै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । नयाँ नियुक्ति बदर गरी आफूलाई निरन्तरता दिनुपर्ने दाबी उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us