काठमाण्डु, १७ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको दिवा भोजमा नेकपा एमालेका शीर्ष नेताहरु अनुपस्थित भएका छन् । भारतीय राजदूतावासमा आयोजित सो कार्यक्रममा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल अनुपस्थित भएका हुन् ।...
काठमाण्डु, १७ कात्तिक– नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपराह्न लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरेका छन् । त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का...
जनकपुरधाम, १७ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गरिने भएको छ । जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ । नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका...
काठमाण्डु, १७ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता सम्पन्न भएको छ । त्यसअवसरमा उनीहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा...
पोखरा, १७ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न पोखरा भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति मुखर्जीको भ्रमणलाई मध्यनजर गरी पोखरालाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । अगामी कात्तिक १९ गते भारतीय राष्ट्रपति मुखर्जीको यहाँ...
फलेवास, १७ कात्तिक-शिक्षामन्त्री धनीराम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको प्रस्तावले सरकारलाई कुनै असर नगर्ने बताएका छन् । उनले महाअभियोग प्रस्ताव सरकारको नभई संसद्को विशेषाधिकार भएकाले सरकारले हस्तक्षेप गर्न नमिल्ने बताए । संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारीमा रहेको पनि उनको...
गोरखा, १७ कात्तिक– भूकम्पले घर भत्केपछि १८ महिना टहरोमा सकसपूर्ण बस्नुभएका गोरखाको सिम्जुङ– ४ का शिवजी दवाडीलाई यसपालीको चिसो नबढ्दै नयाँ घर बनाउने चाहना बिद्युत र मोटरबाटोका कारण पुरा नहुने चिन्ताले सताएको छ । सिम्जुङ हुँदै घ्याच्चोक पुग्ने सडक आँगन छेउबाटै गएपनि...
काठमाण्डु, १७ कात्तिक- भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्रीसहित ६० जना सम्मिलित रहेका छन् । प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा पललगायत रहेका छन् । पराराष्ट्र मन्त्रालयका अनुसार...
गौशाला, १७ कात्तिक-महोत्तरी जिल्लाको बलवा गाविसस्थित मामाघरबाट हराएका एक बालक सरपल्लो गाविस भएर बग्ने अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा नदीमा मृत अवस्थामा भेटिएको छ । जिल्लाको भटौलिया गाविस–२ घर भई बलवा गाविस–२ मा माइतीमा बस्दै आएकी सुनिता महासेठको तीन वर्षीय छोरा कृष्ण महासेठ सरपल्लो...
उर्लाबारी, १७ कात्तिक-नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा गएराति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी...
गौशाला, १७ कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर आउने भएपछि छिमेकी जिल्ला महोत्तरीको भारतसँग जोडिएको सबै नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी एवम् नेपाल प्रहरीले संयुक्त रुपमा भारतसँग सीमा जोडिएका महोत्तरीका १३ वटा गाविसका विभिन्न स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी...
काठमाण्डु, १७ कात्तिक-नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा अहिले भर्खरै स्वागत गरेकी छन् । राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री...