समाचार

स्थानीय तह पुनसंरचनाको प्रतिवेदन मंसिरसम्म बुझाइने

२०७३ मंसिर २३ गते १७:२२

काठमाण्डु– स्थानीय तह पुनःसंरचना आयोगले यही मङ्सिर मसान्तसम्म आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । प्रदेश नं २ का चार जिल्लाका सांसदसँग गाउँपालिका एवम् नगरपालिकाको पुनःसंरचनाका विषयमा छलफल गरेपछि आयोगले आज सो जानकारी दिएको हो । बारा, रौतहट, महोत्तरी र सप्तरीका सांसदसँग आज आयोग...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२०७३ मंसिर २३ गते १७:१२

काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियाको सुमात्रा टापूको उत्तरी भागमा बुधबार गएको शक्तिशाली भुइँचालोमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। राष्ट्रपतिले आफ्ना इन्डोनेसियाली समकक्षी जोको उइडोडोलाई आज एक शोक सन्देश पठाउँदै राष्ट्रपति उइडोडोमार्फत इन्डोनेसियाली जनतामा हार्दिक समवेदना एवम् दिवङ्गत भएकाहरुका परिवारजनमा हार्दिक...

सोलुखुम्बुमा ठूलो आगलागी

२०७३ मंसिर २३ गते १६:५१

सोलुखुम्बु– सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अहिले ठूलो आगलागी भइरहेको छ । केहीबेरअघि जिल्ला कारागार नजिकै रहेको मिनाक्षी होटलबाट फैलन सुरु भएको यो आगलागीबाट अहिलेसम्म तीनवटा घर पूर्णतः ध्वस्त भइसकेका छन् । आगोलाई नियन्त्रणमा लिन स्थानीयवासी, जिल्ला प्रहरी र नेपाली सेना जुटिरहेका छन् । रासस...

५ महिनापछि बल्ल घिमिरेको जीप दुर्घटना सम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

२०७३ मंसिर २३ गते १६:३३

काठमाण्डु– पूर्वगृहमन्त्री माधव घिमिरे जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठन भएको छानबिन समितिले आज उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष प्रतिवेदन बुझाएको छ । पूर्वप्रहरी महानिरीक्षक कुवेरसिं रानाको संयोजकत्वमा गठित छानविन समितिले आज गृहमन्त्रालयमा एक समारोहकाबीच आफ्नो प्रतिवेदन बुझाएको हो...

मलेसिया जाने कामदारमाथिको ठगी अझै रोकिएन

२०७३ मंसिर २३ गते १६:१८

  काठमाण्डु– मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससीलगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई हप्ता बित्दा समेत कार्यान्वयन हुन सकेको छैन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको...

विकास खर्च ९० प्रतिशत पुर्याउन समितिले दियो सरकारलाई निर्देशन

२०७३ मंसिर २३ गते १६:१२

काठमाण्डु– चालु आवको विकास खर्च ९० प्रतिशत पुर्याउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विकास निर्माणसँग सम्बन्धित खर्चलाई प्राथमिकता दिई उत्पादनशील एवम् पुँजीगत खर्च वृद्धि गर्न समितिको आजको बैठकले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सङ्घीय मामिला...

एमाले र जनमोर्चाका कार्यकर्ताद्वारा बजार बन्द

२०७३ मंसिर २३ गते १५:५३

धनगढी– नेकपा एमाले र जनमोर्चाका कार्यकर्ताले बुधबार यहाँ गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको विरोधमा आज बजार बन्द गरेका छन् । बन्दका कारण यस क्षेत्रमा व्यापार व्यवसाय शैक्षिक संस्था ठप्प हुँदा जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण आज धनगढीबाट लामो तथा...

तयारीमा लाग्न प्रचण्डद्वारा कार्यकर्तालाई निर्देशन

२०७३ मंसिर २३ गते १५:४३

धनगढी– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कैलालीको गेटामा आज आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए । उनले लोकतान्त्रिक गणतन्त्रलाई...

संविधान संशोधन विधेयक दर्ता गर्नुपर्नाका कारण देखाउन सर्वोच्चको आदेश

२०७३ मंसिर २३ गते १४:५६

काठमाण्डु– सर्वोच्च अदालतले संविधानको भावना विपरीत हुने गरी प्रदेशको सिमाना हेरफेर गर्ने, अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषा आयोगको विषयमा संविधान संशोधन विधेयक ल्याउनु पर्नाका कारण बारे सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले आज नेपालको संविधानको भावना विपरीत...

के तराई, के पहाड, हामी सबै नेपालीः यादव

२०७३ मंसिर २३ गते १४:४३

काठमाण्डु– सत्तारुढ दल नेपाली काँग्रेसका सांसद महेन्द्र यादवले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव सके एमालेको सहमतिमा नभए दुई तिहाईले पारित हुने दाबी गरेका छन् । बिहीबार रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा उनले संशोधन प्रस्ताव राष्ट्रिय आवश्यकत्ता भएको उल्लेख गर्दै यसलाई पारित गरेर संविधान कार्यान्वयनमा...

संविधान संशोधन गर्न एमाले तयार !

२०७३ मंसिर २३ गते १४:२४

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले संविधान संशोधनको विपक्षमा आफूहरु नभएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेसी मोर्चाको माग सम्बोधन...

यस्तो पो रहेछ बाबुराममाथि जुत्ता प्रहार गरिनुको कारण !

२०७३ मंसिर २३ गते १४:१९

पोखरा– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार हुनुको कारण बाहिर आएको छ । बिहीबार पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्तिनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा भट्टराईमाथि सोही क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए ।   जुत्ता प्रहार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us