समाचार

काँग्रेस नेताको यो चेतावनी सुनेपछि के गर्लान् प्रचण्ड र देउवा ?

२०७३ मंसिर २२ गते १७:२३

काठमाण्डु– सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले लैनचोरको निर्देशनमा आएको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताएका छन् । नेता भण्डारीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र मैले ल्याएको भन्ने पार्टीहरु अहिले कार्यान्वयन गर्ने कुरामा अभिभावकको भूमिकाबाट भागिरहेको आरोप लगाए । उनले सिमांकनको विवाद समाधान गर्ने...

पीडित बालकका परिवारको अपिल

२०७३ मंसिर २२ गते १६:५३

काठमाण्डु– काभ्रेको दाप्चा काशिखण्ड नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका ६ वर्षीय मनिष नेपाली जन्मदेखि नै थालसेमिया (शरीरमा रगत उत्पादन नहुने) रोग लागेको हुँदा हाल काठमाण्डुस्थित् कान्ति बाल अस्पतालमा उपचाररत भएकोले उनको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । नेपालीको आर्थिक स्थिति...

यसो भन्छन्, १० दिनपछि जापानबाट नेपाल आएका पौडेल

२०७३ मंसिर २२ गते १६:१८

काठमाण्डु– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विद्यमान राजनीतिक समस्याको निकास दिन दलबीच एकता आवश्यक रहेको बताएका छन्। दश दिने जापान भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले देश सबै राजनीतिक पार्टीको भएकोले अहिलेको समस्यालाई...

‘चीन नेपालको भरपर्दो मित्र’

२०७३ मंसिर २२ गते १६:१६

काठमाण्डु-नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन नेपालको भरपर्दो मित्र हो भन्दै पारस्परिक सम्बन्ध सुदृढ तुल्याउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुने बताएका छन् । चाइना–रेडाक्टोलोजिकल सोसाइटी करेन्ट प्रकाशन प्रालिले संयुक्त रुपमा बुधबार यहाँ आयोजना गरेको २१ औँ शताब्दीमा सञ्चार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा उनले...

सदन र सडक दुवै ठप्प पार्छौंः गोकर्ण विष्ट

२०७३ मंसिर २२ गते १६:००

काठमाण्डु– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार रिपोर्टस् क्लबमा आयोजित पत्रकार साक्षात्कारमा विष्टले भने, ‘यो संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न सक्दैन, त्यसैले यो...

दुई सय पाँच राउन्ड गोलीसहित आठजना पक्राउ

२०७३ मंसिर २२ गते १५:२१

जाजरकोट-बुधबार यहाँ प्रहरीले २०५ राउन्ड गोली फेला पारेको छ । जाजरकाट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो । प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित आठ जनालाई...

पश्चिम पुगेर प्रचण्डले लिए कडा अडान

२०७३ मंसिर २२ गते १५:१८

दाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् । दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर...

प्रधानमन्त्रीका सल्लाहकारले मुख खोले, यसरी हुँदैछ भित्री तयारी

२०७३ मंसिर २२ गते १४:५२

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका सल्लाहकार खनालले सरकारले समस्या समाधानको लागि संशोधन प्रस्ताव ल्याएको...

पचण्ड गएकै दिन किन गरियो दाङ बन्द ?

२०७३ मंसिर २२ गते १३:३३

दाङ– अनेरास्ववियु र युवा सङ्घले आह्वान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि देखिएको छ । जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो । सरकारले प्रदेश नं ५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावको विरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् ।...

प्रकाश दाहालले चाले कडा कदम

२०७३ मंसिर २२ गते १३:१९

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारविरुद्द प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता भएको छ । दृष्टी साप्ताहिकमा प्रकाशित समाचार कपोकल्पित र भ्रम छर्ने भएको र यसले व्यक्तिको मर्यादामा गम्भीर आँच पुगेको ऊजुरीमा उल्लेख छ । दृष्टी साप्ताहिकले प्रहरीको...

फेसबुकले गर्नु गरेछ…

२०७३ मंसिर २२ गते १३:०१

काठमाण्डु– महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक...

संविधान संशोधन प्रस्ताव पारित हुने

२०७३ मंसिर २२ गते १२:४५

चितवन– उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने– संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us