समाचार

नेपाली सेनाले गर्यो पीडितलाई सहयोग

२०७३ पुष २ गते १८:४२

मुगु-गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई शनिबार नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पीडित परिवारलाई शनिबार ६४ हजार बराबरको मन्डी कम्बल, बिस्कुट, चाउचाउलगायतका...

संशोधन प्रस्ताव फिर्ता लिन नेकपा मालेको आग्रह

२०७३ पुष २ गते १८:३८

काठमाण्डु– नेकपा मालेले सत्तारुढ दलद्वारा व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराइएको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई फिर्ता लिन पुनः आग्रह गरेको छ । सो प्रस्तावले सिङ्गो देश आन्दोलित भएको भन्दै सो पार्टीले ५ नं प्रदेश टुक्र्याउने प्रस्तावलाई फिर्ता लिनसमेत आग्रह गरेको महासचिव सिपी मैनालीद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा जनाइएको...

स्थानीय विकास मन्त्रीले दिए निर्देशन

२०७३ पुष २ गते १८:३५

बैतडी-सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हीतराज पाण्डेले राजनीतिक पूर्वाग्रहलाई त्यागेर जनचाहनाअनुरुप सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूलाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारी सेवालाई कर्मचारीले जवाफदेही, इमान्दार र पारदर्शीरुपमा दिन निर्देशन दिए । उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि विकास...

प्रचण्डले गरे खतराको संकेत !

२०७३ पुष २ गते १८:२९

चितवन-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै न कुनै रुपले सङ्घीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै खतराको संकेत दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको...

घरमै पैसा छाप्ने मेसिन भएपछि धनको के दुःख !

२०७३ पुष २ गते १७:५६

लमजुङ, २ पुस– लमजुङमा घरमै मेसिन राखेर पैसा छाप्दै आएका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका–४ गैरी स्थायी घर भएका ३० वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जारी पाचौं लमजुङ महोत्सवका क्रममा नक्कली नोट लिएर...

रामचन्द्र पौडेल पनि प्रचण्डकै लाइनमा !

२०७३ पुष २ गते १७:३९

काठमाण्डु, २ पुस– काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गत्यावरोध अन्त्यका लागि प्रमुख दलबीच प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थालमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले काँग्रेस, एमाले र माओवादी केन्द्रबीच प्याकेज सहमतिमा जोड दिए । संविधान निर्माणमा महत्वपूर्ण भूमिका...

गृहजिल्ला पुगेर प्रचण्डले भने– ओलीसँग प्याकेजमै कुरा मिल्न लाग्यो

२०७३ पुष २ गते १७:२८

चितवन, २ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन प्रस्ताव पारित नभई चुनाव सम्भव नहुने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपालले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको वातावरण बनाउनकै लागि संविधान संसोधनको प्रस्ताव ल्याएको बताए । उनले संशोधनको विपक्षमा रहेका दललाई...

कुलमानको समर्थनमा काठमाण्डुमा जुलुस, षड्यन्त्रमा लाग्नेलाई खबरदारी

२०७३ पुष २ गते १७:१७

काठमाण्डु, २ पुस– उपत्यकालाई लोडसेडिङ मुक्त गराएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा शनिबार राजधानीमा ¥याली निकालिएको छ । भृकुटीमण्डपबाट निस्किएको ¥याली सहिदगेट, सुन्धारा हुँदै खुल्लामञ्च पुगेर सभामा  परिणत भएको थियो । सहभागीले ‘भ्रष्टचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौं, हामी कुलमानको...

संविधान संशोधनको प्रस्ताव अपूर्ण छ: यादव

२०७३ पुष २ गते १७:०२

चन्द्रौटा- सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘प्रचण्ड’ सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताएका छन् ।   कपिलवस्तुको पकडीमा शनिबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने विचार राखे ।   समाजवादी...

रिजवानले खोले नयाँ पार्टी, कसलाई दिए चुनौती ?

२०७३ पुष २ गते १६:५८

काठमाण्डु, २ पुस– पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारीले नयाँ पार्टी खोलेका छन् । राधजानीमा शनिबार एक कार्यक्रम आयोजना गरी नेपाल संघीय समाजवादी नामक पार्टी गठन गरेको हो । एमाले हुँँदै संघीय समाजवादी पार्टी प्रवेश गरेका अन्सारी पछिल्लो समय संघीय समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको फोरममा समाहित...

पिकनिक खान हिँडेका विद्यार्थी चढेको बस दुर्घटना

२०७३ पुष २ गते ११:१८

काठमाण्डु, २ पुस– पिकनिक खान गएका विद्यार्थी सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ललितपुरको क्यारेवियन कलेजका विद्यार्थी सवार बा २ ख ६९२२ नम्बरको बस काठमाण्डुको लामागाउँमा शनिबार बिहान दुर्घटना भएको हो । मृत्यु हुने विद्यार्थीमा सोही कलेजका १८ वर्षीय युवराज केसी...

बैतडी पुगेर हितराज पाण्डेले गरे धुर्मस र सुन्तलीको प्रंशसा

२०७३ पुष २ गते ११:१२

बैतडी, २ पुस– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताएका छन् । सात नम्बर प्रदेशअन्तर्गत बैतडीको सिद्धेश्वर गाविसलाई शुक्रबार बालमैत्री गाविस घोषित गर्दै उनले संविधानमा व्यवस्था भएअनुसारका तीन तहको निर्वाचन गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us