समाचार

राष्ट्रिय परीक्षा बोर्डमा तालाबन्दी

२०७३ पुष ३ गते १६:४४

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक संघले आइतबार तालाबन्दी गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले...

सुनकोसीमा जीप खस्यो, ५ जनाको मृत्यु

२०७३ पुष ३ गते १६:३७

सिन्धुली– आइतबार सिन्धुलीको रत्नावतीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रत्नावतीको घाटपाखाबाट स्कार्पियो जिप सुनकोसी नदीमा खस्दा जिपमा सवार ती यात्रुको मृत्यु भएको हो ।   काठमाण्डुबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जिप दुर्घटनामा परेको जनाइएको छ...

लौ हेर्नुस्, नेपालकै वैज्ञानिकले निर्माण गरे यस्तो कम्प्युटर !

२०७३ पुष ३ गते १६:२२

काठमाण्डु– कुनैपनि कम्युटर चलाउनका लागि २६० वाट बिजुली आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गरेका छन् । आइसिटी पत्रकार विकासमञ्चको ६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व वैज्ञानिक शाक्यले विकास गर्नुभएको उक्त कम्युटर प्रदर्शनमा राखिएको...

गोरखा पुगेर बाबुरामले दिए यस्तो प्रतिक्रिया

२०७३ पुष ३ गते १६:११

हिलेपोखरी- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन् । नयाँ शक्ति विद्यार्थी युनियनले आइतबार गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग बाबुराम भट्टराई’ शीर्षक अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले...

प्रधानन्यायाधीश कार्कीले दिइन् जिल्ला न्यायाधीशहरुलाई कडा निर्देशन

२०७३ पुष ३ गते १५:०२

पोखरा-प्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा महिला हिंसाविरुद्धमा परेका मुद्दा तीन महिनाभित्र टुङ्ग्याउन जिल्ला न्यायाधीशहरुलाई निर्देशन दिएकी छन् । सर्वोच्च अदालतद्वारा यहाँ आयोजित न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबीचको समन्वय विषयक एकदिने छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले निमुखा एवम् पिछडिएका वर्गलाई छिटो छरितो र गुणस्तरीय न्याय...

लक्ष्मी परियारको हत्यारालाई कडा कार्वाहीको माग

२०७३ पुष ३ गते १४:०५

काठमाण्डु-काभ्रेकी ३३ वर्षीया लक्ष्मी परियारको हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ । संयुक्त विद्यार्थी छात्रा मञ्चले महिला हिंसाको अन्त्य गर्न दबाब दिने उद्देश्यले आइतबार आयोजना गरेको ‘सडक बहस’ मा विद्यार्थी, साहित्यकार तथा सञ्चारकर्मीले दण्डहीनताले महिलामाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गरे । मञ्चका...

भारतीय योजनामा कुनचाहि नेपाली नेताको हत्या हुँदैछ, देखियो खतरनाक संकेत !

२०७३ पुष ३ गते १३:५९

काठमाण्डु– यसबेला नेपाली राजनीतिक परिवेश निकै तरल अवस्थामा छ । जब कुनैपनि मुलुकमा राजनीतिक परिवेश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हुन्छ तब त्यो देशमा बाहिरी शक्ति राष्ट्रहरुको चलखेल तिव्र रुपमा बढेर जान्छ । नयाँ संविधान कार्यान्वयनको चरणमा रहँदा मुलुक एक खालको तरल र संक्रमणमा रहनु स्वभाविकै...

राप्रपा खोटाङको अध्यक्षमा श्रेष्ठ

२०७३ पुष ३ गते १३:३०

खोटाङ-राप्रपा खोटाङका अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसहमतिले चयन भएका छन् । राप्रपा र राप्रपा नेपाल खोटाङको शनिबार सम्पन्न एकीकरण घोषणासभाले राप्रपा नेपालका पूर्वजिल्ला अध्यक्ष श्रेष्ठलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । यसअघि राप्रपाका जिल्ला अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएका ललितकुमार राईलाई नयाँ समितिको सहअध्यक्ष बनाइएको...

विराटनगर पुगेर केपी ओली र एमालेविरुद्ध यसरी खनिए प्रचण्ड

२०७३ पुष ३ गते १३:२५

विराटनगर, ३ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख विपक्षी एमालेका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाएका छन् । प्रेस सेन्टर मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री एमाले नेतृत्वविरुद्ध कडा रुपमा प्रस्चतुत भए । एमालेले मुलुकमा विद्यमान समस्याको निकास नचाहेको उनको आरोप...

धारा २७४ संशोधन गरेर मात्र प्रस्ताव अघि सार: पोख्रेल

२०७३ पुष ३ गते १३:१८

पोखरा-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले असंवैधानिक र जनभावना विपरीत संसद्मा विधान संशोधन प्रस्ताव दर्ता गरेको जनाउँदै त्यो कुनै हालतमा परित नहुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आइतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले संविधानको धारा २७४ संशोधन गरेर मात्र...

एमाले कार्यकर्ताद्वारा बिरामीसहितको एम्बुलेन्समा आक्रमण

२०७३ पुष ३ गते १३:०८

बुटवल, ३ पुस– पाँच नम्बर प्रदेश टुक्र्याउन खोजिएको विरोधमा आन्दोलनरत प्रमुखप्रतिपक्षी एमालेसहितका दलका कार्यकर्ताले बुटवलमा बिरामी बोकेको एम्बुलेन्समाथि तोडफोड गरेका छन् । आक्रोशित आन्दोलनकारीले बन्द अवज्ञा गरेको आरोपमा शनिबार साँझ बुटवलमा बिरामीसहितको एम्बुलेन्समाथि आक्रमण गरेका हुन् । भूपू सैनिक क्लबले सञ्चालन गरेको लु १...

ट्रयाक्टर दुर्घटना हुँदा परियारको मृत्यु

२०७३ पुष ३ गते १३:०७

सल्यान- ट्रयाक्टर दुर्घटना हुँदा यहाँ मुसीकोटका दीपक परियारको मृत्यु भएको छ ।  राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डको धनवाङ १ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटना हुँदा मुसीकोट नगरपालिका १, रातामाटा निवासी २० वर्षीय परियारको मृत्यु भएको हो । शनिबार राखित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us