समाचार

सप्तरीमा दुई जनाको मृत्यु

२०७३ पुष १ गते १६:०३

राजविराज-छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा शुक्रबार सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तरही गाविस– ९ का सञ्जय साह रौनियार र बकधुवा– ७ का बमबहादुर थापा रहेका छन् । गहुँको खेत जोतेर घरतर्फ जाने क्रममा स१त २८४८ नम्बरको ट्याक्टर सडक छेउमा रहेका पोखरीमा...

नारायणमान बिजुक्छेंले खोलिदिए सरकारको आन्तारिक योजनाको पोल !

२०७३ पुष १ गते १५:५७

भक्तपुर-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा रहेको आरोप लगाएका छन् । रफतसञ्चार क्लबले शुक्रबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘स्थानीय तहको निर्वाचन गर्ने बहाना गरी संसद्को निर्वाचन गर्ने तयारीमा सरकार जुटेको छ ।’ अध्यक्ष बिजुक्छेंले...

कुनै पनि दल अब निर्वाचनबाट भाग्न हुँदैनः शिक्षामन्त्री

२०७३ पुष १ गते १५:४३

दाङ- शिक्षामन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधान कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसद्को निर्वाचन भएको बताएका छन् । प्रेस सेन्टर दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान कार्यान्वयनको सवालमा कुनै पनि दल निर्वाचनबाट भाग्न हुँदैन ।’ मन्त्री पौडेलले...

गतिरोध अन्त्य गर्ने हो भने संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ: भट्टराई

२०७३ पुष १ गते १५:२३

पोखरा-नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिई मुलुकको गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन् । पोखरा रङ्गशालामा शुक्रबारदेखि सुरु भएको अन्तर स्थानीय निकाय कर्मचारी सङ्घ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘पहाड र तराईलाई छुट्याएर मुलुकलाई...

राजा महेन्द्रले यसरी निशानामा पारेका थिए वीपीलाई, जब सेना वीपीलाई समात्न मञ्चमा उक्लियो…!

२०७३ पुष १ गते १५:१२

काठमाण्डु– आज पुस १ गते । नेपालको राजनीतिक इतिहासमा यो दिनलाई लोकतन्त्र र गणतन्त्रवादीहरुले कालो दिनका रुपमा लिने गर्दछन् भने राजतन्त्र र त्योसँग जोडिएका राष्ट्रवादीहरुले सुनौलो दिनको रुपमा लिने गर्दछन् । यसबेला पुस १ गतेलाई नेपालीहरुले कालो दिनका रुपमा मनाउने गर्दछन् । राजावादीहरुले भने...

तत्कालीन मुस्ताङी राजा जिग्मे विष्टको निधन

२०७३ पुष १ गते १४:५१

काठमाण्डु– तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाण्डुको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । दुईवर्षदेखि उनी उच्च रक्तचापबाट पीडित थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते...

अंगीकृत नागरिकताको सवालमा मधेसी मोर्चाको धारणाबारे बोले भण्डारी

२०७३ पुष १ गते १४:००

काठमाण्डु– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अङ्गीकृत नागरिकलाई राष्ट्रपति बनाउने मधेसी मोर्चाको माग नभएको बताएका छन् । पार्टीको ‘राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को शुक्रबार यहाँ उद्घाटन गर्दै भण्डारीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनलाई ओझेलमा पार्न नागरिकतालगायत विषयमा...

लगातारको बन्दले रोल्पाको जनजीवन कष्टकर बन्दै

२०७३ पुष १ गते १३:५३

रोल्पा-बिहीबारदेखिको लगातार बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङलगायत ग्रामीण क्षेत्र समेत बन्द रहेका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पाँच नं प्रदेशबाट रोल्पा प्यूठानलगायत पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक विरुद्ध आन्दोलन गरिरहेका रोल्पालीले...

जलेश्वरबाट हतियारसहित दुई भारतीय पक्राउ

२०७३ पुष १ गते १३:४६

गौशाला-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट बिहीबार साँझ सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् । सशस्त्र...

पोखरा पुगेर प्रचण्डले दिए सकारात्मक संकेत

२०७३ पुष १ गते १३:३९

पोखरा-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बरु परिमार्जन गरेर जान सकिने बताएका छन् । प्रेस सेन्टर कास्कीद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्न सकिने बताए ।...

एमालेको प्रस्ताव व्यवहारिक छैन: देउवा

२०७३ पुष १ गते १३:२८

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेले प्रस्ताव गरेझैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए । तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन...

देशलाई अर्निणयको बन्दी बनाइयो: महत

२०७३ पुष १ गते १३:१२

पर्सा-परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले व्यवस्थापिका संसद्लाई अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकलाई निकास दिन दलहरुबीच सबैभन्दा बढी संवाद र छलफलको अवश्यकत्ता रहेकैं बेला देशको दोस्रो ठूलो दल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us