समाचार

एमालेलाई प्रचण्डले दिए कडा चुनौती

२०७३ पुष १ गते १८:३९

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा एमाले लगायत विपक्षी दललाई चुनौती दिएका छन् । माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई शुक्रबार यहाँ सम्बोधन गर्दै उनले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए...

डिन अग्रवालले राजीनामा नदिए कडा आन्दोलन गर्ने घोषणा

२०७३ पुष १ गते १८:२७

काठमाण्डु– चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम) महाराजगन्जका प्राध्यापकले डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले राजीनामा नदिए कडा आन्दोलनमा जाने बताएका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राध्यापकहरुले विधिसम्मत रुपमा नियुक्त निवर्तमान डिन प्रा।डा।केपी सिंहलाई जबर्जस्ती राजीनामा दिन लगाएर नयाँ डिन नियुक्त गरिएकामा आपत्ति जनाउँदै १४ दिनदेखि आन्दोलन...

संशोधन प्रस्ताव स्थगन गरी निर्वाचन गर्नुपर्छ: महत

२०७३ पुष १ गते १८:१६

काठमाण्डु-नेपाली कांग्रेसका नेता रामशरण महतले संविधान संशोधन प्रस्तावलाई केही समय स्थगन गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा महतले संशोधन प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्ने बताउँदै नेकपा एमालेले प्रस्तावमा छलफल नै गर्न नदिई संसद् अवरुद्ध गरेर गलत गरेको आरोप...

भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण सुरु

२०७३ पुष १ गते १८:१०

काठमाण्डु-भूकम्प प्रभावित १७ जिल्लामा शुक्रबारदेखि सर्वेक्षणको प्रक्रिया सुरु भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । भूकम्प प्रभावित भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, चितवन, नवलपरासी, पाल्पा, गुल्मी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र अर्घाखाँचीमा लगत सङ्कलनका लागि विभागबाट शुक्रबारनै सम्पर्क अधिकृत जिल्ला पुगेको...

मधेसी दलका माग सम्बोधन गर: थापा

२०७३ पुष १ गते १७:१०

पोखरा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताएका छन् । मिडिया नेपाल कास्कीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त...

उपेन्द्र यादवले लगाए एमालेलाई कडा आरोप

२०७३ पुष १ गते १६:५४

कपिलवस्तु– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । एमालेको राष्ट्रियता पञ्चायतकालीन भएको टिप्पणी गर्दै अध्यक्ष यादवले संघीयता र गणतन्त्र जस्ता उपलब्धि समाप्त पारेर मुलुकमा गृहयुद्ध निम्त्याउन एमाले सक्रिय...

सप्तरीमा दुई जनाको मृत्यु

२०७३ पुष १ गते १६:०३

राजविराज-छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा शुक्रबार सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तरही गाविस– ९ का सञ्जय साह रौनियार र बकधुवा– ७ का बमबहादुर थापा रहेका छन् । गहुँको खेत जोतेर घरतर्फ जाने क्रममा स१त २८४८ नम्बरको ट्याक्टर सडक छेउमा रहेका पोखरीमा...

नारायणमान बिजुक्छेंले खोलिदिए सरकारको आन्तारिक योजनाको पोल !

२०७३ पुष १ गते १५:५७

भक्तपुर-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार स्थानीय तहको निर्वाचन नगर्ने योजनामा रहेको आरोप लगाएका छन् । रफतसञ्चार क्लबले शुक्रबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने, ‘स्थानीय तहको निर्वाचन गर्ने बहाना गरी संसद्को निर्वाचन गर्ने तयारीमा सरकार जुटेको छ ।’ अध्यक्ष बिजुक्छेंले...

कुनै पनि दल अब निर्वाचनबाट भाग्न हुँदैनः शिक्षामन्त्री

२०७३ पुष १ गते १५:४३

दाङ- शिक्षामन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधान कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसद्को निर्वाचन भएको बताएका छन् । प्रेस सेन्टर दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान कार्यान्वयनको सवालमा कुनै पनि दल निर्वाचनबाट भाग्न हुँदैन ।’ मन्त्री पौडेलले...

गतिरोध अन्त्य गर्ने हो भने संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ: भट्टराई

२०७३ पुष १ गते १५:२३

पोखरा-नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिई मुलुकको गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन् । पोखरा रङ्गशालामा शुक्रबारदेखि सुरु भएको अन्तर स्थानीय निकाय कर्मचारी सङ्घ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘पहाड र तराईलाई छुट्याएर मुलुकलाई...

राजा महेन्द्रले यसरी निशानामा पारेका थिए वीपीलाई, जब सेना वीपीलाई समात्न मञ्चमा उक्लियो…!

२०७३ पुष १ गते १५:१२

काठमाण्डु– आज पुस १ गते । नेपालको राजनीतिक इतिहासमा यो दिनलाई लोकतन्त्र र गणतन्त्रवादीहरुले कालो दिनका रुपमा लिने गर्दछन् भने राजतन्त्र र त्योसँग जोडिएका राष्ट्रवादीहरुले सुनौलो दिनको रुपमा लिने गर्दछन् । यसबेला पुस १ गतेलाई नेपालीहरुले कालो दिनका रुपमा मनाउने गर्दछन् । राजावादीहरुले भने...

तत्कालीन मुस्ताङी राजा जिग्मे विष्टको निधन

२०७३ पुष १ गते १४:५१

काठमाण्डु– तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाण्डुको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । दुईवर्षदेखि उनी उच्च रक्तचापबाट पीडित थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us