काठमाण्डु, १४ पुस– राप्रपा अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई पूर्वराजा वीरेन्द्रबाट राजनीति सिक्न आग्रह गरेका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले जनचाहनाअनुसार चल्ने संस्कृति वीरेन्द्रबाट सिक्न भनेका हुन् । जनताले पञ्चायतको विकल्पमा जनस्तरबाट कुरा उठ्न थालेपछि जनमत संग्रह गराएको चर्चा...
काठमाण्डु, १४ पुस– चीनले आफूले नेपालसँग सैन्य अभ्यास गर्न लागेको स्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सैन्य अभ्यास गर्न लागेको खुलासा गरेका हुन् । गत ६ पुसमा सबैभन्दा पहिला काठमाण्डु टुडेले नेपाल र चीनबीच आगामी जनवरीको अन्तिमसम्ममा सैन्य अभ्यास सुरु हुने...
काठमाण्डु, १४ पुस– सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमतिका लागि अल्टिमेटम दिएकी छन् । बिहीबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले अबको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताइन् । उनले भनिन्,‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी...
काठमाण्डु, १४ पुस– सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि)...
लमजुङ, १४ पुस– चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाण्डु बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् । केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ...
काठमाण्डु, १४ पुस– सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन छिटोभन्दा छिटो ग्रहण गरी राजनीतिक सहमतिका आधारमा निर्वाचन घोषणा गर्ने जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका समयमा गठन भएको सो आयोगले गाउँपालिका, नगरपालिकाका...
काठमाण्डु, १४ पुस– व्यवस्थापिका–संसदअन्तर्गतको विकास समितिले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले आगामी वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मिति तोक्न सम्वद्ध पक्षलाई निर्देशन दिएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । उनले निर्वाचनका...
काठमाण्डु, १४ पुस– प्रमुख राजनीतिक दलका प्रमुख सचेतकले निर्वाचन (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा) सम्पन्न गराउन आवश्यक पर्ने विधेयक पारित गराउन दलहरुबीच खासै मतमतान्तर नभएको बताएका छन् । उनीहरुले एकै स्वरमा राजनीतिक सहमतिका आधारमा छिटोभन्दा छिटो कुन तहको निर्वाचन गर्ने हो निर्णय लिन र...
काठमाण्डु, १४ पुस– प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसद्को बिहीबारको बैठक पनि अवरुद्ध भयो । सदनको कारबाही सुरु हुने बित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले प्रदेश नं ५ को सीमाङ्कनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको भावनाअनुसार नभएको बताए ।...
काठमाण्डु, १४ पुस– तिहारयता लोडसेडिङको मारबाट मुक्त भएका राजधानीबासीले बुधबार केही घण्टा लोडसेडिङ खेप्नुपरेको छ । बिहान सवा ७ बजेको समयमा एकाएक विद्युत आपूर्ति बन्द भएको हो । प्राधिकरणका अनुसार मर्स्याङ्दी– स्युचाटार १३२ केभी प्रसारण लाइनको तार चुँडिएका कारण विद्युत आपूर्ति बन्द भएको हो...
काठमाण्डु, १४ पुस– म्याग्दी कारागारमा रहेका दाइ पर्ने व्यक्तिलाई भेट्न जाँदा दुइ वर्षअघि शारदा शर्मा (नाम परिवर्तन) को नेत्रप्रसाद गिरीसँग चिनजान भयो । उनीहरुबीच जेलमै बारम्बार भेट हुन्थ्यो । गिरी असोज २०७२ मा जेलबाट मुक्त भए । जेलबाट छुटेपछि उनीहरु प्रेमी प्रेमिका भए ।...
काठमाण्डु, १४ पुस– संघीय समाजवाफी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका सहयोगी महेश चौरसियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली तीनैजना मधेसविरोधी भएको आरोप लगाएका छन् । चौरसियाले ओलीले प्रचण्ड र देउवाकै योजनामा ओलीले संविधान संशोधन विधेयकको विरोध...