काठमाण्डु, १४ पुस स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई सो सेवा प्रदान गर्न अनुमति दिएको हो ।...
काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिवसमेत रहेका पुत्र प्रकाश दाहालले राजधानीबाट प्रकाशित एक दैनिकमा आफूबारे गलत र भ्रामक समाचार लेखेको भन्दै उजुरी दिएका छन् । प्रकाशले प्रेस काउन्सिल नेपालमा बिहीबार उजुरी दिएका हुन् । बिहीबारकै एक दैनिक पत्रिकाले प्रकाशले गैरआवासीय...
काठमाण्डु, १४ पुस– फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रमाथि अतिवादीको आरोप लगाएका छन् । केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गच्छदारले सत्तारुढ र विपक्षीको अतिवादी सोचका कारण मुलुक थप जटिलतातर्फ धकेलिएको आरोप लगाए...
बुटवल, १४ पुस– एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । ओलीले जनताको जिउधनको सुरक्षा गर्न नसक्ने सरकार नालायक भएको टिप्पणी गरे । ओली तिवारीको ११ औं दिनको पुण्यतिथिमा आयोजित कार्यक्रममा बिहीबार प्रमुख...
काठमाण्डु, १४ पुस– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई स्पष्टीकरण सोधेको छ । सिंहदबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनःनिर्माणको काम सन्तोषजनक नभएकामा ज्ञवालीलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको हो । पूर्ववर्ती केपी ओली सरकारले नियुक्त गरेको सिईओ ज्ञवालीको कार्यशैलीप्रति प्रधानमन्त्री...
काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताएका छन् । पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित...
काठमाण्डु, १४ पुस– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने जनाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को केन्द्रीय कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ । बैठकका...
काठमाण्डु, १४ पुस– राप्रपा अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई पूर्वराजा वीरेन्द्रबाट राजनीति सिक्न आग्रह गरेका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले जनचाहनाअनुसार चल्ने संस्कृति वीरेन्द्रबाट सिक्न भनेका हुन् । जनताले पञ्चायतको विकल्पमा जनस्तरबाट कुरा उठ्न थालेपछि जनमत संग्रह गराएको चर्चा...
काठमाण्डु, १४ पुस– चीनले आफूले नेपालसँग सैन्य अभ्यास गर्न लागेको स्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सैन्य अभ्यास गर्न लागेको खुलासा गरेका हुन् । गत ६ पुसमा सबैभन्दा पहिला काठमाण्डु टुडेले नेपाल र चीनबीच आगामी जनवरीको अन्तिमसम्ममा सैन्य अभ्यास सुरु हुने...
काठमाण्डु, १४ पुस– सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमतिका लागि अल्टिमेटम दिएकी छन् । बिहीबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले अबको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताइन् । उनले भनिन्,‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी...
काठमाण्डु, १४ पुस– सरकारले पोखरा खानेपानी सुधार आयोजनाका लागि रु चार अर्ब ४३ करोड विनियोजन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र समग्र शिक्षाका लागि एसियाली विकास बैंक (एडिबि)...
लमजुङ, १४ पुस– चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैँ प्रहरी शरणमा पुगेका छन् । स्थानीय गौँडा घर भई पछिल्लो समय काठमाण्डु बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् । केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ...