समाचार

खाद्य संस्थानबाट धान खरिद सुरु

२०७३ पुष २४ गते १४:४३

विराटनगर, २४ पुस – नेपाल खाद्य संस्थान विराटनगर शाखाले धान खरिद गर्न थालेको छ । सोना धान प्रति क्विन्टल २ हजार १० का दरले पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखिएको संस्थानले जनाएको छ । मोरङ व्यापार सङ्घ र लहान बजारस्थित धानको मूल्यलाई मध्यनजर...

शोक प्रस्ताव

२०७३ पुष २४ गते १४:३७

काठमाडौँ, २४ पुस – व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पोखरेलमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।...

नागरिक जागरण मञ्चमा श्रेष्ठ

२०७३ पुष २४ गते १४:२८

  काठमाडौँ, २४ पुस– नागरिक जागरण मञ्च नेपालले राजाराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सो संस्थाको शनिबार सम्पन्न सभाले प्रथम उपाध्यक्षमा डा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा मोहन उपाध्याय, महासचिवमा मोहन राजलवट र कोषाध्यक्षमा हसिना श्रेष्ठलाई निर्वाचित गरेको छ । मुलुकका विभिन्न क्षेत्र...

बाक्लो हिमपातबाट एघार गाविसको आवतजावत ठप्प

२०७३ पुष २४ गते १४:२४

बाजुरा, २४ पुस– शनिबारदेखि बाजुरामा हिमपात सुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् । शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ । बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका...

मेट्रो रेल सञ्चालन गर्ने तयारी

२०७३ पुष २४ गते १४:१७

काठमाडौँ, २४ पुस – सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न...

स्युचाटार ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत् आपूर्तिमा समस्या

२०७३ पुष २४ गते १४:०१

काठमाडौँ, २४ पुस – नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२÷६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज...

संसद बैठक ३ बजेसम्मका लागि स्थगित

२०७३ पुष २४ गते १४:०१

काठमाण्डु, २४ पुस– व्यवस्थापिका–संसद बैठक एक घण्टाका लागि स्थगित भएको छ ।   काँग्रेसका पूर्वसांसद मणिराम पोखरेलको निधनको शोकमा बैठक ३ बजेसम्मका लागि स्थगन भएको हो ।   खोटाङ निवासी पोखरेल २०१५ सालका सांसद हुन् । साहित्यकार समेत रहेका पोखरेलको ८७ वर्षको उमेरमा सोमबार...

संसद चल्न नदिने एमालेको निर्णय, चित्रबहादुरको रमाइलो किस्सा

२०७३ पुष २४ गते १३:२४

काठमाण्डु, २४ पुस– एमालेसहित नौ विपक्षीले सरकारलाई व्यवस्थापिका–संसदमा जारी अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् । सिंहदरबारमा बिहान बसेको विपक्षी दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको हो । यद्यपि संसदमा निर्वाचनसम्बन्धी विधेयक ल्याएमा भने पेस गर्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास...

सुशील ज्ञवालीले दिए दोस्रोपटक स्पष्टीकरण

२०७३ पुष २४ गते १२:३२

काठमाण्डु, २४ पुस– पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन् । s सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रोपटक उनीसँग स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव...

एमाले युवाको घाँटीमा कुखुरी हान्ने काँग्रेसका युवा भएको खुलासा

२०७३ पुष २४ गते ११:१४

बाँके, २४ पुस–युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको घटनामा दोषी ठहर गर्दै प्रहरीले काँग्रेसनिकट तरुण दल बाँके क्षेत्र नम्बर–१ का अध्यक्ष दिग्विजय राणालाई पक्राउ गरेको छ । घटनाको मुख्य योजनाकार रहेको आरोपमा राणालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । घटनामा यसअघि...

छत्रमानका छोराको घडी चोर बात लागेका साँसदको यस्तो छ बयान

२०७३ पुष २४ गते १०:१३

म राजधानीमा भएका बेला सधैं लाजिम्पाटको -याडिसन होटलको क्लबमा जान्छु । म त्यो क्लबको मेम्बर हुँ । साँसद हुनुभन्दा पहिला अन्तै जान्थें । साँसद भएर आएपछि दुई वर्षदेखि त्यहीं जाने गर्छु । म बस्ने डिल्लीबजार हो । हिंडेरै -याडिशन जान्छु र हिंडेरै आउँछु ।...

हिमपातले कर्णाली क्षेत्रको जनजीवन प्रभावित

२०७३ पुष २४ गते ९:०५

जुम्ला, २४ पुस- आइतबार बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us