काठमाण्डु, ११ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सक्कसी मधेसी भएको दाबी गरेका छन् । उनले आफू विगत ५५ वर्षदेखि तराईमा बस्दै आएको र ५२ वर्षदेखि मधेसी जनताको अधिकारका लागि संघर्ष गरिरहेको बताए । एमाले मुख्यालय धुम्बाराहीमा सोमबार आयोजित ‘मधेस मामिला’ बारेको बहसमा...
दाङ, १० पुस– संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा माओवादी केन्द्र ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको...
भक्तपुर, ११ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश सङ्कटको चक्रव्यूहमा फसेको बताएका छन् । लायन्स फिटनेस क्लबको सोमबार भक्तपुर नगरपालिका लिबालीमा उद्घाटन गर्दै उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने काम गरेकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको...
काठमाण्डु, ११ पुस– सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच दिवंगत नेता भक्ति पाण्डे कसको भन्नेमा दोहोरो दाबी रह्यो । पाण्डेको पुस्तक ‘चाचा’ सार्वजनिकीकरण कार्यक्रममा प्रचण्ड र बाबुराम...
काठमाण्डु, ११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । ओलीमाथि उनले गणतन्त्रविरोधीको आरोप लगाए । ओलीले दोश्रो जनआन्दोलनका क्रममा ओलीले गणतन्त्रको विरोध गरेको स्मरण गरे । तर, ओलीले अहिले आफूलाई गणतन्त्रको मसिहा दाबी गर्न...
काठमाण्डु, ११ पुस– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले प्रचण्डबिनाको बाबुराम र बाबुरामबिनाको प्रचण्ड पूर्ण नहुने बताएका छन् । प्रचण्ड र बाबुरामले राजनीतिक परिवर्तनको रक्षाका लागि आफूहरु मिल्नुको विकल्प नरहेको बताउनुअघि पाण्डेले आफ्नै बाबु स्वर्गीय भक्ति पाण्डेको पुस्तक ‘चाचा’ सार्वजनिकीकरण कार्यक्रममा...
काठमाण्डु, ११ पुस– व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली कांग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ । स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि बढाएको हो...
काठमाण्डु, ११ पुस– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले आफूहरु फेरि मिल्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा आयोजि एक कार्यक्रममा एउटै मञ्चमा उभिएर उनीहरुले आफूहरुले मिलेर ल्याएको राजनीतिक परिवर्तन धरापमा पार्ने षड्यन्त्र बढेकाले परिस्थितिले नै...
जापान– जापानमा बस्ने सिन्धुपाल्चोका युवाहरु संगठित भएका छन् । नयाँ वर्ष २०१७ का अवसरमा आयोजित कार्यक्रममा भएको भेलाले ‘सिन्धुपाल्चोक समाज जापान’ तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा रामकृष्ण भण्डारी छन् । यस्तै उपाध्यक्षमा राज भट्टराई, सचिवमा सन्तोष भण्डारी सह–सचिवमा मनोज...
नुवाकोट, ११ पुस– कृषि राज्यमन्त्री राधिका तामाङले कृषकहरुलाई गरिबी र पछौटेपनबाट मुक्तिका लागि आधुनिक प्रणालीअनुसार हावापानी र मौसम अनुकुल कृषि पेसालाई आधुनिकीकरण गर्न आग्रह गरेकी छन् । नुवाकोटको बुङ्ताङ गाविसको मानचेतस्थित चिया बगानको अवलोकन तथा स्थानीय अर्थोडक्स कृषि सहकारी संस्थाको १३ वार्षिक साधारण सभा...
काठमाण्डु, ११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्न तथा संविधान क्रार्यान्वयनको चुनौती सामना गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको १२४ औं जन्मजयन्तीका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै...
काठमाण्डु, ११ पुस– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले १ सय २४ औं माओजयन्तीका अवसरमा शुभकामना दिँदै नेपालमा क्रान्तिकारी तयारी गरिरहेको बताएका छन् । वैद्यले विज्ञप्तिमार्फत नेपालमा ‘विश्व साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादको हैकम प्रवल रुपमा बढ्दै गएकाले विश्व र नेपालमा क्रान्तिले गम्भीर धक्का खाएको...