समाचार

एमाले सङ्घीयता विरोधी : पूर्वराज्यमन्त्री लामा

२०७० कार्तिक १३ गते ४:४९

सिन्धुपाल्चोक, १३ कात्तिक– एमालेबाट एकीकृत माओवादी प्रवेश गरेका पूर्वअर्थराज्यमन्त्री डा. लार्केल लामाले एमाले पहिचानसहितको सङ्घीयताविरोधी पार्टी भएकोले आफूले एमाले छाडेको बताएका छन् । ‘पहिचानको मुद्दामा एमाले पूरै विरोधी देखियो, उत्पीडित जातजातिलाई हेर्ने सवालमा पनि खोट देखेपछि मैले एमाले छोडेको हुँ’, लामाले भने । क्षेत्र...

अनिश्चितकालिन स्याङ्जा बन्द

२०७० कार्तिक १३ गते ४:४८

स्याङ्जा, १३ कात्तिक–प्रहरीको गोली लागेर स्याङ्जा चापाकोटका दुईजनाको मृत्यु भएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । स्थानीयसँगको झडपमा प्रहरीले गोली चलाउँदा मंगलबार चापाकोटका २१ बर्षीय सूर्य आले र १८ बर्षीय कृष्ण भट्टराईको मृत्यु भएको थियो । उच्चस्तरीय छानविन समिति गठन, मृतकलाई शहिद घोषणा,...

अरिङ्गालले टोकेपछि विद्यालय बन्द

२०७० कार्तिक १३ गते ४:४५

सल्यान, १३ कात्तिक–सल्यानको कपुरकोटमा अरिङ्गालले टाकेर तीनजना विद्यार्थी घाइते भएपछि विद्यालय बन्द गरिएको छ । कालिका मावि कपुरकोटमा बुधबार विहान प्रार्थनाको समयमा लाइन बसेकोबेला अरिङ्गालले टोकेर विद्यार्थी घाइते भएपछि विद्यालय बन्द गरिएको हो ।  कक्षा ९ की छात्रा मनिसा पुन र कक्षा १० की...

माइत आएकी छोरीलाई बाबुआमाले मारे

२०७० कार्तिक १३ गते ४:१०

बुटवल, १३ कात्तिक–रुपन्देहीको करौता गाविसमा एक दम्पतिले आफ्नै छोरीको हत्या गरेका छन् । करौता ७ का महेश यादव र उनकी श्रीमतीले १९ बर्षीया छोरी मन्जुलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।  मन्जुको चार महिना अघि भारतको महाराजगन्जमा विहे भएको थियो । विहेपछि उनी...

नाटकमार्फत मतदाता शिक्षा

२०७० कार्तिक १३ गते ४:०७

रसुवा, १३ कात्तिक–नाट्यकलाको माध्यमबाट मतदानको महत्व बुझाउने उद्देश्यले आरोहण गुरुकुलको सहकार्यमा सप्तककला केन्द्र नुवाकोटले जिल्लाका विभिन्न भागमा नाटक प्रदर्शन गरेको छ । नाटक समूहका अगुवा दामोदर खतिवडाका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत संविधानसभा निर्वाचनमा मतको महत्व, मतदान हुने समय, मतपत्रको आकार, छाप लगाउने, पट्याउने र...

९ बजेपछि देउँसी भैलो प्रतिवन्ध

२०७० कार्तिक १३ गते ४:०५

पुतलीबजार, १३ कात्तिक–सामुदायिक सेवा केन्द्र प्रगतिनगर स्याङ्जाको आयोजनामा भएको स्थानीयवासीको भेलाले तिहारलाई सभ्य र शान्त रुपमा सम्पन्न गर्न सहयोग गर्ने जनाएको छ । भेलाले तिहारको अवसरमा जुवातास खेल्न र पटाका पड्काउन नियन्त्रण गर्ने तथा साँझ ९ बजेदेखि देउसी भैलो खेल्न बन्द गर्ने निर्णय गरेको...

‘एमाओवादीलाई आक्रमण गर्ने काँग्रेसले माफी माग्यो’

२०७० कार्तिक १३ गते ३:२१

नुवाकोट, १३ कात्तिक–एकीकृत नेकपा माओवादीका ताम्सालिङ राज्य समिति सदस्य अर्जुन न्यौपानेलाई नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन् । पार्टीको काममा नुवाकोटको फिकुर गाविसको सातदोबाटो गइरहेकोबेला नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. तीनका उम्मेदवार बहादुर सिंह तामाङका भतिजा अघम तामाङको नेतृत्वको समूहले न्यौपानेलाई आक्रमण...

काँग्रेस र एमाले उम्मेदवारको गाडिमा आगजनी

२०७० कार्तिक १३ गते २:४२

घोराही, १३ कात्तिक–नेकपा एमाले दाङ क्षेत्रनम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । चुनाव प्रचार प्रसारमा चौधरीले प्रयोग गर्दै आएको रा १ ज ३६५ नम्बरको गाडिमा मंगलबार राती आगजनी भएको हो । चौधरीकै घर अगाडि रोकिराखेको गाडिमा आगजनी भएको...

प्रचण्डको कार्यक्रम विथोल्न दोलखा र काभ्रे बन्द,चरिकोटमा भेटिएको बम सेनाद्वारा निष्कृय

२०७० कार्तिक १३ गते १:५५

काठमाण्डु, १३ कात्तिक– चुनावको विपक्षमा रहेको नेकपा–माओवादीले बुधबार दोलखा र काभ्रे जिल्ला बन्द गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभा विथोल्ने उद्देश्यले जिल्ला बन्द गराइएको हो । एमाओवादीले बुधबार विहान काभ्रेको पाँचखाल र दिउँसो दोलखाको चरिकोटमा सभा आयोजना गरेको छ ।...

दावी विरोधको आज अन्तिम दिन

२०७० कार्तिक १३ गते १:५३

काठमाण्डु, १३ कात्तिक–समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोधकालागि निर्वाचन आयोगले दिएको समयसीमा बुधबार सकिदै छ ।   निवेदनको जाँचबुझपछि २१ गते नाम हटेको सूचना दिइने आयोगले जनाएको छ । आयोगले समानुपातिकको अन्तिम बन्दसूची कात्तिक २९ गने सार्वजनिक...

साना दलका कारण ठूला दललाई चुनौती

२०७० कार्तिक १३ गते १:२९

कञ्चनपुर, १३ कात्तिक–संविधानसभाको निर्वाचनमा साना दलहरुतर्फ मतको धुव्रीकरण हुन थालेपछि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा ठूला दलहरुलाई चुनौती थपिएको छ । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दललाई चुनौती देखिएको हो । कन्चनपुरका सहर उन्मुख क्षेत्रमा ठूला दलहरुबीच नै कडा प्रतिस्पर्धा देखिए पनि...

हिंसात्मक घटनाप्रति मानवअधिकार आयोगको ध्यानाकर्षण

२०७० कार्तिक १२ गते १४:४०

काठमाण्डु, १२ कात्तिक– राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनमा भइरहेको हिंसात्मक घटना तत्काल रोक्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी चुनाव प्रचार–प्रसारका क्रममा दलका कार्यकर्ताबीच मुलुकका विभिन्न स्थानमा निर्वाचन प्रक्रियामा सहभागी दलका कार्यकर्ताबीच भइरहेका झडप तथा निर्वाचन बहिस्कार पक्षमा रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us