काठमाण्डु, २० पुस– एमाले नेता एवं पूर्वमन्त्री कृपाशुर शेर्पाले आफ्नै छोरालाई प्रहरीमा थुनाएका छन् । शेर्पाले दतिल श्रीमती पट्टीका छोरा गणेशलाई प्रहरीको जिम्मा लगाएका हुन् । अंशबण्डाबारे छलफल गर्ने भन्दै टेलिफोन गरी गणेशलाई गौरीघाटस्थित घरनजिकै बोलाएर शेर्पाले मंगलबार साँझ प्रहरीलाई पक्रन लगाएका हुन ।...
काठमाण्डु, १९ पुस– रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दागर्दै मंगलबार उनको अकस्मात निधन भएको हो । उनी टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चिनिन्थे । नाटकमा राजा जनकको भूमिकामा...
काठमाण्डु, १९ पुस– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब पोखरा सहरलाई लोडसेडिङमुक्त बनाउने घोषणा गरेका छन् । तिहारयता काठमाण्डु उपत्यकालाई लोडसेडिङमुक्त बनाएर वाहवाही पाएका घिसिङले पोखरामा लोडसेडिङ अन्त्य भइसकेको बताए । उद्योग बाणिज्य संघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले विगत १५ दिनदेखि...
काठमाण्डु, १९ पुस– प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका–संसदको अर्को बैठकमा आफ्नो दलले अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको संसद बैठक सूचना टाँस गरेर स्थगित हुनुअघि सभामुख ओनसरी घर्तीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पूर्वसभामुख समेत रहेका नेम्वाङले अर्को बैठक...
काठमाण्डु, १९ पुस– एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयकबारे सर्वोच्च अदालतले गरेको फैसलाले सरकार अप्ठेरोमा परेको बताएका छन् । पार्टी संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले प्रस्ताव फिर्ता नलिए सरकार आफैं फस्ने दाबी गरे । दुई तिहाईले प्रस्ताव पारित भए पनि असंवैधानिक...
काठमाण्डु, १९ पुस– उपत्यकालाई लोडसेडिङ मुक्त गराएर देशैभर उक्त अभियान सञ्चालन गर्न लागेका उर्जामन्त्री जनार्दन शर्माले तीन सञ्चालक बर्खास्तीसम्बन्धी आफ्नो निर्णय सदर गरेकामा सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री शर्माले मंगलबार उक्त निर्णयको स्वागत गरेका हुन् । ‘सरकारले अघि...
तेह्रथुम, १९ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले सरकारले घोषणा गरेको ‘उज्यालो नेपाल’ अभियानलाई सहयोग पुग्ने गरी सुनाएको फैसलाको स्वागत गरेका छन् । आगलागीबाट ध्वस्त भएको तेह्रथुमको संक्रान्ति बजारको निरीक्षणपछि त्यहाँस्थित माओवादी केन्द्रका कार्यकर्तालाई सम्बोधन गर्दै उनले अदालतको फैसलाप्रति प्रसन्नता व्यक्त गरे...
तेह्रथुम, १९ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुको पुनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्रीले भने ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाइंहरु घरबारबिहीन...
काठमाण्डु, १९ पुस– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गर्ने उर्जामन्त्री जनार्दन शर्माको निर्णय सदर गरेको छ । अदालतले त्यसविरुद्ध परेको उजुरीमाथि यसअघि आफैंले दिएको अन्तरिम आदेश खारेज गर्दै मंगलबार मन्त्रालयकै निर्णय सदर गरेको हो । यसअघि गत १३ पुसमा सर्वोच्चले उनीहरुलाई...
काठमाण्डु, १९ पुस– राजधानीको बानेश्वरमा केही दिनअघि एमाले युवा संघ कार्यकर्ताले रोकिराखेको सरकारी गाडी मिनेटभरमै आगो झोसेर खरानी पारिदिए । सयौं प्रहरीको आँखै अगाडि भएको उक्त घटनामा कोही पक्राउ परेनन् । गाडी जलाउनेहरु नन्दनी बलिरहेको गाडीको छेवैबाट झण्डा बोकेर विजय जुलुससहित हिंडेको देखेको नदेख्यै...
काठमाण्डु, १९ पुस– संसद बैठक चलिरहेका बेला मुखबाट सुर्ती निकालेर फालेको भन्दै चौतर्फी आलोचना खेपिरहेका सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो गल्ती स्वीकार गरेका छन् । केसीले संसदमा सोमबार भएको उक्त घटनाप्रति क्षमायाचना समेत गरेका छन् । केसीले सुर्ती हातले झिकेर संसद भवनभित्रै फालेको भिडियो...
काठमाण्डु, १९ पुस–नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टककाअनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज सूचीकृत भएको हो । ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना...