समाचार

वीरेन्द्रको सम्पत्ति खाने ज्ञानेन्द्रको योजनामा सर्वोच्चको तगारो

२०७३ पुष २१ गते १७:५४

काठमाण्डु, २१ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोमा दिएको काठमाण्डुको छाउनीस्थित १५ रोपनी एक आना जग्गा अब नेपाल ट्रस्टको हुने भएको छ । त्यससम्बन्धी मुद्धामा बिहीबार सर्वोच्चले उक्त जग्गा नेपाल सरकारको हातहत हुने फैसला सुनाएको हो । प्रधानन्यायाधीश सुशीला कार्की तथा...

सुशील हटाउने प्रचण्डको निर्णय अनुचितः ओली

२०७३ पुष २१ गते १६:२१

काठमाण्डु, २१ पुस–एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले हटाएकामा आपत्ति जनाएका छन् । बिहीबार प्रेस चौतारीले राजधानीमा गरेको पत्रकार भेटघाटमा ओलीले सरकारले भूकम्पपीडितको पुनःनिर्माणका लागि खासै काम नगरेको, प्राधिकरणलाई स्वायत्त हुन तथा आवश्यक कर्मचारी र बजेट नदिएर...

नवीनाको माग–छिटो निर्वाचन कार्यतालिका देऊ

२०७३ पुष २१ गते १६:१७

काठमाण्डु, २१ पुस– अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४ गतको निर्वाचनका लागि धेरै समय बाँकी नभएकाले एक हप्ताभित्र कार्यतालिका सार्वजनिक गर्न माग गरेकी...

काँग्रेसले चुनाव जिते मात्रै गणतन्त्र रहन्छः देउवा

२०७३ पुष २१ गते १६:१३

तनहुँ, २१ पुस– काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताएका छन् । बिहीबारदेखि दमौलीमा सुरु गरिएको ‘छैटौ. तनहुँ महोत्सव’ को उद्घाटन गर्न आएका सभापति देउवाको सम्मानमा नेपाली काँग्रेस तनहुँद्वारा आयोजित स्वागत कार्यक्रममा उनले सो कुरा...

ओलीले भने– संविधान संशोधन विदेशी एजेण्डा, अदालतको फैसला एमाले पक्षमा

२०७३ पुष २१ गते १६:०८

काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको नभएको बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा शुक्रबार एमालेसहित नौ दलले काठमाण्डुमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले बिहीबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले...

यो हो माओवादी केन्द्र हेर्डक्वार्टरको निर्णय

२०७३ पुष २१ गते १४:२४

काठमाण्डु, २१ पुस– नेकपा माओवादी केन्द्रले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल...

अन्नतः बर्खास्तीमा परे सुशील ज्ञवाली, अदालत जाने तयारी

२०७३ पुष २१ गते १४:१८

काठमाण्डु, २१ पुस– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्तगी गरेको छ । बिहीबा।को मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । यसअघि ज्ञवालीको काम चित्त बुझ्दो नभएको भन्दै सरकारले स्पष्टीकरण मागेको थियो । उनले बुधबार मात्रै स्पष्टीकरण पत्र...

सिंगो गाउलेले नै विद्युत चारेपछि एक्सन…

२०७३ पुष २१ गते १२:५२

झापा, २१ पुस– नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन् । विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र...

काँग्रेस महामन्त्रीको खतरनाक संकेतः भन्छन्– नेपालमा संकटग्रस्त अवस्था आउँछ

२०७३ पुष २१ गते १२:४८

विराटनगर, २१ पुस– नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरेका छन् । प्रेस युनियन मोरङद्वारा बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना...

भारतमा चार नेपालीको मृत्यु

२०७३ पुष २१ गते १२:४२

भीमदत्तनगर, २१ पुस– भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले राससलाई...

एमाले कार्यकर्तालाई बामदेवको निर्देशन–, उदण्ड नहोऊ, गाडी नजलाऊ

२०७३ पुष २१ गते १२:३८

काठमाण्डु, २१ पुस– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले यही पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताएका छन् । जनप्रदर्शनका लागि परिचालित स्वयम्सेवकहरुलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा उनले...

प्रचण्ड र केपी ओली दुवै भारतबाटै सञ्चालित !

२०७३ पुष २१ गते १२:१५

भक्तपुर, २१ पुस– तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । रफत सञ्चार क्लबले बिहीबार गरेको साक्षत्कारमा बोल्दै ठाकुरले संशोधन विधेयक कानुन सम्मत रहेको र सरकार गठनकै क्रममा सत्ताशीन दलहरुले आफ्नो माग पुरा गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us