काठमाण्डु, ८ माघ– उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९३ औँ हप्तामा शनिबा सिनामङ्गलदेखि बानेश्वर क्याम्पससम्मको नदी क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानका अभियन्ता उमेश बोहराले जानकारी दिए ।...
काठमाण्डु, ८ माघ– आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले शनिबार आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले...
काठमाण्डु, ८ माघ– आजका युवा पिँडी खर्चगर्ने भनेपछि चाहे खल्ती रित्याउन पनि पछि पर्दैनन् चाहे विवाह, ब्रर्तवन्ध होस् या किनमेल, यसले धन, पैसाको नाशमात्र गर्दैन समाजमा गलत संस्कारको समेत स्थापना गर्दछ । तर, डोल्पाका एक नवविवाहित जोडीले रुपियाँको सदुपयोगमात्र गरेनन् घरकाले विवाह खर्चका लागि...
काठमाण्डु, ८ माघ– भूकम्पपछि अनुदान प्राप्तिका लागि जग्गाधनी पुर्जा अनिवार्य भएपछि जिल्ला मालपोत कार्यालय दोलखामा देखिएको चाँप अझै उस्तै छ । अनुदान सम्झौताका लागि जग्गा धनीपुर्जा अनिवार्य भएकाले जग्गाको कित्ताकाट गरी पुर्जा लिनेको सङ्ख्या अझै पनि उस्तै रहेको जिल्ला मालपोत कार्यालय दोलखाले बताएको छ...
काठमाण्डु, ८ माघ– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताए । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको शनिबार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताए । मन्त्री कार्कीले जनतालाई सूसुचीत गराउँदा जनताले लोकतन्त्रको...
काठमाण्डु, ८ माघ– कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । १२ दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य...
काठमाण्डु, ८ माघ– उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा सञ्चालन भइरहेको १५ दिने मेलामा एक हप्ताभित्र झन्डै ३ लाख भक्तजनले त्रिवेणी धामको दर्शन गरेर मेलामा सहभागिता जनाएका छन् । माघ १ गतेदेखि माघ ७ गते सम्ममा पूर्वको तराई पहाड र भारतको बिहारलगायत राजधानी...
काठमाण्डु, ८ माघ– तेह्रथुमको थोक्लङ गाविसका महिलाले निर्माण थालेको महिला सामुदायिक भवन बजेट अभावले अलपत्र बनेको छ । महिलाले गाउँस्तरीय कार्यक्रम, बैठक, भेला गर्दा खुला आकासमुनि पाखा, चौरमा बस्न समस्या भएको भन्दै तीन वर्षअघि निर्माण सुरु गरेको भवन पर्याप्त बजेट नहुँदा अलपत्र बनेको हो...
काठमाण्डु, ८ माघ– गत वर्षको भूकम्पले क्षति पु¥याएको रसुवागढीका पर्खाल मर्मत एवम् पुनःनिर्माण सुरु गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार नेपाल र तिब्बत युद्धको समयमा निर्माण गरिएको ऐतिहासिक गढी भूकम्पले क्षति पु¥याएपछि पुरातत्व विभागको अनुमतिमा मर्मत...
काठमाण्डु, ८ माघ– भोजपुर सदरमुकामका अग्निपीडितलाई भोजपुर–विराटनगर सेवा समाज समितिले राहत रकम हस्तान्तरण गरेको छ । गत मङ्सिर ५ गतेको आगलागी पीडित ८ घरपरिवारलाई समाजबाट सङ्कलन भएको ९७ हजार २ सय ७६ को बैंक भौचर शनिबार हस्तान्तरण गरिएको समाजका सदस्य मणि प्रधानले जानकारी दिए...
काठमाण्डु, ८ माघ– विरिङ खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगीको उत्खनन गरेका कारण उत्तरी झापाको बुधबारे र खुदुनाबारीको सयौंँ बिगाहा जमिन बाँझिने अवस्थामा पुगेको छ । बर्सेनि विरिङ खोलाबाट नदीजन्य सामग्री उत्खनन हुँदै आएको र यसवर्ष पनि सोही प्रक्रिया दोहोरिएकाले यहाँका बीस भन्दा बढी पैनी,...
काठमाण्डु, ८ माघ– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनका लागि सरकारले गृहकार्य गर्दै आएको बताए । संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भन्दै उनले आउँदो जेठसम्म स्थानीय तहको निर्वाचनसक्ने गरी सरकार तयारीमा...