समाचार

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुने

२०७३ माघ ९ गते १२:५४

काठमाण्डु, ९ माघ– प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौँँ जनसार्क सम्मेलन’ माघ ११ र १२ गते काठमाण्डुमा गर्ने भएको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब २ सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने...

सडक धुलाम्मे भन्दै सडक अवरुद्ध

२०७३ माघ ९ गते १२:३१

काठमाण्डु, ९ माघ– बनेपा– पनौती सडक आइतबार देखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि...

खलासी बालक भन्छन्ः गाडीनै गाँस, बास दुवै हो

२०७३ माघ ९ गते १२:१५

काठमाण्डु, ९ माघ– जुम्लाबाट काठमाण्डु छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो फुच्चे केटो यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने – काठमाण्डु, काठमाण्डु ! च्यातिएको पाइन्ट, कलेजी परेका ओँठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी...

जग्गाधनी प्रमाणपुर्जा नभएकाले पनि अनुदान सम्झौता गर्न पाउने

२०७३ माघ ९ गते १२:००

काठमाण्डु, ९ माघ– भूकम्पपीडितको लाभग्राहीको सूचीमा नाम समावेश भए पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएका पीडितले अब सम्झौता गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्ले भूकम्पबाट क्षतिग्रस्त भएका ‘निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि – २०७२’ खारेज गरी ‘भूकम्पबाट प्रभावित निजी आवास...

आगलागीबाट घर नष्ट

२०७३ माघ ९ गते ११:५३

काठमाण्डु, ९ माघ–झापाको दमक–१५ स्थित सुकुम्बासी टोलमा गएराति आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । सुमित्रा कार्कीको घरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कार्कीको घरसहित घरमा रहेका लत्ता कपडा तथा अन्नपात जलेको थियो । घरमा...

विद्यार्थीलाई सहयोग हस्तान्तरण

२०७३ माघ ९ गते ११:४९

काठमाण्डु, ९ माघ– झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई ५० हजार सहयोग प्रदान गरेको छ । होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग गरेको हो । होस्टेलको अगुवाइमा हालै अति विपन्न, बिरामी...

जब प्रहरीले एउटालाई पक्रनुपर्नेमा अर्कैलाई पक्रियो…

२०७३ माघ ९ गते ९:३३

खोटाङ, ९ माघ–  जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले...

बेनी–जोमसोममा तोडियो सिण्डकेट, काठमाण्डुबाट सिधै रात्रिबस चढेर मुस्ताङ

२०७३ माघ ९ गते ९:२५

मुस्ताङ, ९ माघ– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउँदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै...

राईलाई राष्ट्रिय विभूति घोषण गरिनेः प्रधानमन्त्री दाहाल

२०७३ माघ ८ गते १६:४५

काठमाण्डु, ८ माघ– प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । रामप्रसाद राई फाउण्डेसनद्वारा शनिबार आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उनले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल...

तामाङ सांस्कृतिक महोत्सव

२०७३ माघ ८ गते १६:२६

काठमाण्डु, ८ माघ– “भाषा धर्म सँस्कृति हाम्रो शान, बचाऔँ आफ्नो पहिचान” भन्ने मूलनाराकासाथ प्रथम ऐतिहासिक तामाङ साँस्कृतिक महोत्सव शनिबारबाट बेँसीसहरको फूलबारीमा सुरु भएको छ । तामाङ जातीको साँस्कृतिक पर्व २८५३ औँ सोनाम ल्होछार “नामे झ्या ल्हो”को अवसरमा सो महोत्सव आयोजना गरिएको हो । तमाङ...

४२ ज्येष्ठ नागरिक सम्मानित

२०७३ माघ ८ गते १६:०१

काठमाण्डु, ८ माघ– कलाकार तथा पत्रकारको सक्रियतामा स्थापित सार्थक नेपालको अगुवाईमा शान्तिनगरस्थित निःसहाय सेवा सदनमा बस्दै आएका ४२ जना ज्येष्ठ नागरिकलाई शनिबा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । संस्थाका अध्यक्ष एवम् चलचित्र निर्मात्री एवम् नायिका जेनी कुँवरले सेवा सदनका संस्थापक अध्यक्ष सगुन शाह र...

बसको ठक्करबाट श्रीमानको मृत्यु ,श्रीमती गम्भीर

२०७३ माघ ८ गते १५:५५

काठमाण्डु, ८ माघ– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका – १ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us