काठमाण्डु, ९ माघ– सप्तरीको कविलासा गाविसमा राँगाको आक्रमणबाट आइतबार ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहँु खातमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । राँगाको आक्रमणबाट घाइते...
काठमाण्डु, ९ माघ– नेपाल पत्रकार महासङ्घ बागलुङको आफ्नै भवन बन्ने भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले आइतबार भवनको शिलान्यास गर्दै महासङ्घको भवन पत्रकारको मात्र नभएर समाजको साझा हुने उल्लेख गरे । श्रमजीवी पत्रकारको हित र पत्रकारिताको व्यावसायिक विकासका पक्षमा महासङ्घले विभिन्न...
काठमाण्डु, ९ माघ– व्यवस्थापिका–संसद्, वातावरण समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ को प्रतिवेदन पारित गरेको छ । प्रस्तावित विधेयकले मध्यवर्ती क्षेत्रका जनतालाई स्थानीय स्रोतसाधनमा बढी अधिकार दिनाका साथै त्यसबाट वन्यजन्तु संरक्षणमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ । मध्यवर्ती क्षेत्रको...
काठमाण्डु, ९ माघ– काभ्रे दाप्चा काशिखण्डका बासिन्दा अहिले विद्युत्को महसुल तिर्ने ठाउँ स्थानीय क्षेत्रमा नै नभएकाले निकै सास्ती व्यहोर्नु परेको छ । महसुलका लागि बनेपासम्म पुग्नुपर्दा महशुलको दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य भएका हुन् । अहिले कुनै पनि बैंक नहुँदा चर्को भाडादर तिरेर बनेपासम्म...
काठमाण्डु, ९ माघ– ५ वर्षअघिदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामाझ लोकप्रिय भएपछि त्यसको विस्तारका लागि अहिले आमाहरू नै जुटेका छन् । यस्तो शिक्षण विधिप्रति अहिले बालबालिका र अभिभावकहरू नै आकर्षित भएका छन् । यो आकर्षणका कारण जिल्लामा बालमैत्री शिक्षण सिकाइ प्रक्रिया लागू...
काठमाण्डु, ९ माघ– पिकअप भ्यानको ठक्करबाट गए राति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ । दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नं को भ्यानले मे १ ज ४०४४...
काठमाण्डु, ९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका निकट दुवै सङ्गठनका अध्यक्षले नेतृत्व नछाडेपछि अहिलेसम्म युवक सङ्गठनको एकता हुनसकेको छैन । दुवै दल एकीकृत भएको करिब २ महिना भइसकेको र...
काठमाण्डु, ९ माघ– जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आव ०७२/७३ मा २ वर्षमुनिका १८ हजार ८ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४।२८ प्रतिशत अर्थात् ८ सय ६ जनामा कुपोषण देखिएको छ । कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा...
काठमाण्डु, ९ माघ– लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक ‘चेतना सामुदायिक बीउ बैङ्क’ स्थापना गरिएको छ । समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले धान, मकै, गहुँ, कोदो, भटमास, बोडी, घिरौंला, सागलगायतका खाद्य बालीका बीउ बैङ्क...
काठमाण्डु, ९ माघ– भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आइतबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० गोरुलाई राझाचोकबाट बरामद गरिएको हो । अनुसन्धानका क्रममा सो गोरु हेटौँडा— ८ मकवानपुर निवासी लुम्बिनी...
काठमाण्डु, ९ माघ– रामेछापको गुम्देल गाविस र सोलुुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण ५ वर्षमा पनि पूरा हुन सकेको छैन । विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच सम्झौता...
काठमाण्डु, ९ माघ– पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा. रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले २/३ दिन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । पेटसम्बन्धी समस्या...