समाचार

रेल्वेको रुट बदल्न भारतमा कुरा गर्छुः प्रधानमन्त्री

२०७३ माघ ९ गते १९:४९

काठमाण्डु, ९ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि आफूले कुरा गर्ने बताएका छन । धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने ‘तपाईहरुको ज्ञापन पत्र हेरें,...

सार्क र बिमस्टेक बैठक माघमा हुँदै

२०७३ माघ ९ गते १८:१६

काठमाण्डु, ९ माघ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बैठक यही माघ महिनामा हुने भएका छन् । क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले माघ १९ र २० गते सार्क कार्यक्रम समितिको र...

संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीतः अध्यक्ष ओली

२०७३ माघ ९ गते १७:५२

काठमाण्डु, ९ माघ– नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय मोर्चा सङ्गठनको आयोजनामा आइतबारदेखि पोखरामा सुरु तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधान संशोधनका लागि...

भक्तपुरका भूकम्पपीडितलाई तोकिएको बैंकबाट पहिलो किस्ताको अनुदान वितरण

२०७३ माघ ९ गते १७:२९

काठमाण्डु, ९ माघ– भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार वितरण गरिने भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको ९० करोड तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी...

प्रशासनिक पुनःसंरचना कठिन कामः मन्त्री बुढाथोकी

२०७३ माघ ९ गते १६:४१

काठमाण्डु, ९ माघ– सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना गर्न चुनौती रहेको बताए । सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासन पत्रकार मञ्चले आइतबार आयोजना गरेको ‘सङघीयता कार्यान्वयन तथा प्रशासनिक पुनःसंरचना’ विषयमा प्रशासक र सञ्चारकर्मीबीचको अन्तक्र्रिया कार्यक्रममा उनले पुराना संरचनालाई पूरै बदल्नु...

पहिले दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

२०७३ माघ ९ गते १६:२९

काठमाण्डु, ९ माघ– सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुगे । खत्रीले जीवनमा दुईवटा विवाह गरे । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उनकी आमाभन्दा जेठी थिइन् भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी छिन् । खत्रीकी कान्छी श्रीमती आगामी जेठ...

सदरमुकाममै भएर पनि चहलपहल छैन ‘धनगढा पार्क’मा

२०७३ माघ ९ गते १६:०७

काठमाण्डु, ९ माघ– चितवनको सदरमुकाम भरतपुरको मुटुमै रहेर पनि धार्मिक दृष्टिले महत्व बोकेको ऐतिहासिक धनगढा पार्क ओझेलमा छ । ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण, सुन्दर र शान्त वातावरण भएको धनगढा मन्दिरको उचित प्रचार नहुँदा ओझेलिएको हो । भरतपुर वडा नं १२ नौरङ्गेमा रहेको छ धनगढा...

पुनःसंरचनाको विषयमा आन्दोलन

२०७३ माघ ९ गते १५:५३

काठमाण्डु, ९ माघ– खोटाङमा स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका ४ गाविसका बासिन्दाले आइतबार विद्यालयहरुमा कालो झन्डा गाडेका छन् । जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा सोही दिनदेखि आन्दोलनरत बुइपा, विजयखर्क, राजापानी...

मरहा नदी सँगै जीवन जिउने सपनामा महिला

२०७३ माघ ९ गते १५:४६

काठमाण्डु, ९ माघ– मौसम परिवर्तनसँगै क्रमिक रुपमा बढ्दै गएको शीतलहर सहितको कठ्याङ्ग्रिँदो जाडोमा समेत महोत्तरीका महिला मरहा नदीमा दिनभरि नै नदीजन्य सामग्री सङ्कलन गर्नमा व्यस्त देखिन्छ । गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा प्रत्येक दिन बिहानदेखि साँझसम्म दर्जनौँ महिला हातमा साबेल र बालुवा गिट्टी चाल्ने...

भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्

२०७३ माघ ९ गते १५:२८

काठमाण्डु, ९ माघ– काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् । व्यक्तिगत नाममा जमिन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायत कारणले अहिलेसम्म ५ हजार २ सय ९८ भूकम्पपीडितले पहिलो किस्ताबापतको ५० हजार पाउन नसकेको...

सर्वसाधारणले सूचना पाउनै सकस

२०७३ माघ ९ गते १५:२२

काठमाण्डु, ९ माघ– सूचनाको हकसम्बन्धी ऐन लागू भएको एक दशक हुन लाग्दा पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । सरोकारवालाको बेवास्ता, सर्वसाधारणमा त्यसबारेको अज्ञानता र कर्मचारीमा इच्छाशक्तिको कमीका कारण ऐन कार्यान्वयन हुन नसकेको हो । सार्वजनिक निकायमा पारदर्शिता, सुशासन र जवाफदेही प्रणालीको...

सुन्तला बगैँचा सुदृढिकरण सुरु

२०७३ माघ ९ गते १४:५६

काठमाण्डु, ९ माघ– सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयले बगैँचा सुदृढिकरण अभियान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us