समाचार

आंशिक र पूर्ण गरी ८ लाख ७७ हजार ६७१ घर क्षतिग्रस्त

२०७३ माघ ७ गते १७:४३

काठमाण्डु, ७ माघ– केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ । केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली (जिपिएस) बाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गर्न लागेको जानकारी दिए । यसअघि केन्द्रले अतिप्रभावित...

रेल्वे मार्ग परिवर्तनका लागि पहल गर्छुः प्रधानमन्त्री दाहाल

२०७३ माघ ७ गते १७:२८

काठमाण्डु, ७ माघ– प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने बताएका छन् । धनुषा क्षेत्र नं ७ बाट निर्वाचित सांसद शत्रुधन महतोको नेतृत्वमा सांसद ज्ञानबहादुर भुजेलसहितको सर्वदलीय प्रतिनिधिमण्डलसँग शुक्रबार प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा...

यातायात व्यवस्थाको नयाँ कार्यालय सुकेधारामा

२०७३ माघ ७ गते १७:१८

काठमाण्डु, ७ माघ– चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा...

पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री लेखक

२०७३ माघ ७ गते १६:४२

काठमाण्डु, ७ माघ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वाधारको विकास नै आर्थिक समृद्धिको मेरुदण्ड भएकोे बताए । शुक्रबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको २८औंँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लेखकले राज्यले पूर्वाधार निर्माण गरिदने र निजी क्षेत्रले पूर्वाधार अनुसार उद्योग वाणिज्यको व्यवस्थापन गर्नुपर्नेमा...

गहुँमा फौजी किराको प्रकोप

२०७३ माघ ७ गते १६:३५

काठमाण्डु, ७ माघ– पोसाउन लागेको गुहँमा फौजी किराको प्रकोप देखापरेको छ । तिलोत्तमा नगरपालिकासहित जिल्लाका ११ गाविसमा फौजी किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिए । जिल्लाको वहा, वसन्तपुर, धकधई, पजरकट्टी, पोखरभिन्डी, छोटरी रामनगर, सिक्टहन, पड्खौली,...

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पन्त नियुक्त

२०७३ माघ ७ गते १६:२१

काठमाण्डु, ७ माघ– स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् । बालस्वास्थ्य महाशाखाका निर्देशक डा. पन्तलाई मन्त्रीस्तरीय निर्णय गरी बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले महानिर्देशकमा नियुक्त गरेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । नवनियुक्त महानिर्देशक पन्तले शुक्रबार डा. पन्तले...

जैविक विविधता संरक्षण गर्नु सबैको दायित्वः प्रधानमन्त्री दाहाल

२०७३ माघ ७ गते १५:२५

काठमाण्डु, ७ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीको जैविक विविधताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको शुत्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदायले वातावरणसँग सम्बन्धित बहुपक्षीय सम्झौतामार्फत हातेमालो गर्नुपर्ने...

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर्न सांसद्हरुको माग

२०७३ माघ ७ गते १५:०३

काठमाण्डु, ७ माघ– व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । बैठकको विशेष समयमा नेपाली काँग्रेसका रामचन्द्र पौडेलले स्थानीय तह वा निकाय जुनसुकै संरचनामा भए पनि निर्वाचन गराउन माग गर्दै संविधान संशोधन...

बम निष्क्रिय

२०७३ माघ ७ गते १४:४७

काठमाण्डु, ७ माघ– सप्तरीको राजविराजमा फेला परेको शङ्कास्पद ग्रिनेड बमलाई नेपाली सेनाले शुक्रबार अपराह्न निष्क्रिय पारेको छ । राजविराजस्थित कृष्ण दल गणका सहसेनानी भोजराज कोइरालाको नेतृत्वमा गएका सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त बम निष्क्रिय पारिएको सेनाले जनाएको छ । राजविराज...

लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न आग्रह

२०७३ माघ ७ गते १४:३४

काठमाण्डु, ७ माघ– लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिएका छन् । उनीहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउने दुवै कार्यलाई रोक्न स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न सुझावसमेत दिएको...

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड

२०७३ माघ ७ गते १४:०४

काठमाण्डु, ७ माघ– कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा ३ वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई ९८ लाख १० हजार २ सय २० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले...

७ लाख ५२ हजारसहित बीस जुवाडे पक्राउ

२०७३ माघ ७ गते १३:५८

काठमाण्डु, ७ माघ– भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद ७ लाख ५२ हजार ८ सय ५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us