काठमाण्डु, ७ माघ– अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया सम्मेलन शुक्रबार काठमाण्डुमा समापन हुँदैछ । नेपाल प्रहरीले सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनालाई बिहीबार साँझ भक्तपुरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको आयोजक आफैं भएको हुँदा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल...
काठमाण्डु, ७ माघ– व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको युवा तथा महिला फाँटका पदाधिकारीलाई संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तत्काल आवश्यक पर्ने कानुन र निर्माण प्रक्रियाका बारेमा जानकारी गराउने काम सुरु गरिएको छ । नेपाल कानुन समाजले राजनीतिक दलका भ्रातृ निकायका पदाधिकारीलाई संविधानअन्तर्गत बन्नुपर्ने कानुन र...
काठमाण्डु, ७ माघ– नेपाल विद्युत् प्राधिकरण मोरङको उर्लाबारी शाखाले मागअनुसार विद्युत् मिटर वितरण गर्न नसक्दा पूर्वी मोरङमा रहेका उपभोक्ता समस्यामा परेका छन् । यसअघि प्रत्येक ग्राहकले नयाँ लाइन जडान गर्दा आफैंँले विद्युत् मिटर उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा मौज्दात सकिएपछि मिटर उपलब्ध गराउन...
काठमाण्डु, ७ माघ– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति रु ५ लाखभन्दा बढी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार जलेश्वर नगरपालिका–१ स्थित सो मन्दिरमा रहेको दान पेटिका फोरिएको थियो । स्थानीय...
काठमाण्डु, ७ माघ– तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताए । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले मधेसी मोर्चाको दस प्रदेशको माग रहेको र सोअनुरुप उक्त प्रस्तावलाई परिमार्जन नगरिएको अवस्थामा समर्थन गर्न नसकिने स्पष्ट पारे । सीमाङ्कनसम्बन्धी...
काठमाण्डु, ७ माघ– भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानका अभियानकर्मी भरत जङ्गमले निःशुल्क रुपमा शिक्षा, स्वास्थ्य र न्यायको व्यवस्था भएमा भ्रष्टाचारको न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताएका छन् । स्वतन्त्र विचार मञ्चद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले भने–“भ्रष्टाचार एक प्रवृत्ति हो, यसलाई रोक्नका लागि मानवको मस्तिष्कमा रहेको भ्रष्टाचार मानसिकतालाई...
काठमाण्डु, ७ माघ– भक्तपुर दूधपाटीबाट काठमाण्डु फर्कदै गरेको दुईवटा मोटरसाइकललाई सल्लाघारीमा मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय...
काठमाण्डु, ७ माघ– समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी...
काठमाण्डु, ७ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन शुक्रबार देखि सुरु भएको छ । देशभर सुरु भएको सो महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै...
काठमाण्डु, ७ माघ– नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन् । आगलागीबाट अनिशाका...
काठमाण्डु, ७ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताएका छन् । प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चैतमा नै सरकार परिवर्तन हुँदैन भने । संविधानसभामा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने...
लिवाङ, ७ माघ– रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण...