पर्सा, २१ माघ– वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको...
काठमाण्डु, २३ माघ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ । सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५...
काठमाण्डु, २३ माघ–प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख डिआईजी नवराज सिलवालले प्रहरी इतिहासमै साहसिक र प्रशंसनीय काम गरेका छन् । सिलवालकै अनुसन्धानबाट सुन तस्करीमा संलग्नता पुष्टि भएपछि एसएसपी श्याम खत्री प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परेका हुन् । सिलवालको ठाडो निर्देशनमा सिआईबीका नायब उपरीक्षक प्रवीण...
काठमाण्डु, २३ माघ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रमुख घटक तमलोपा अध्यक्ष महन्थ ठाकुरले नेपालबाट तराई टुक्र्याउने अभियानमा सक्रिय सिके राउतलाई पक्राउ गरेकामा आपत्ति जनाएका छन् । प्रहरीले राउतलाई केही दिनअघि जनकपुरबाट पक्राउ गरेको थियो । राउतविरुद्ध राज्यविप्लव मुद्धा लगाउने तयारी छ । रिपोर्टर्स क्लबले...
काठमाण्डु, २३ माघ– शीत भन्ने वितिकै सबैलाई अल्छी लागेर आउँछ । अझ भनौँ सबेरै शीतमा हिड्न वा काम गर्न कति गाह्रो हुन्छ, सबैलाई थाहा छ । तर त्यही शीत लाई पन्छ्याएर अगाडी बढ्न सके बिजयीको बाटो तर्फ बढ्न सकिन्छ । जाडो मौसममा झनै शीत...
काठमाण्डु, २३ माघ-नेपाली सेनाले कैलालीको टीकापुरमा जिल्ला प्रशासन कार्यालयको सहकार्य आज सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार २१० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली...
काठमाण्डु, २३ माघ-विद्यार्थी संगठनले तालाबन्दी गरेपछि १५ दिनदेखि पढाइ ठप्प रहेको काठमाडौं विश्वविद्यालय (केयू)का विद्यार्थीले पढाइ सञ्चालन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले पढाइ सञ्चालन नभए आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन् । उपकुलपति रामकण्ठ माकजूले भेट्न नचाहेपछि उनका स्वकिय सचिवलाई अल्टिमेटम...
काठमाण्डु, २३ माघ-प्रेस काउन्सिल नेपालले सञ्चार ग्रामस्थित आफ्नो कार्यालय भवन अगाडि ‘पत्रकार स्मारक’ स्थापना गर्ने भएको छ । कलम चलाएर पत्रकार वर्गले समाज र राष्ट्रलाई पु¥याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो । यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई...
काठमाण्डु, २३ माघ-भूकम्पपछिको पुनःनिर्माणमा दक्ष कामदारको अभाव हुन नदिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रभावित जिल्लाका सबै गाउँमा तालिम सञ्चालन गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले आइतबारआयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा नेपाली सेनाका २०० प्राविधिकलाई प्रशिक्षक प्रशिक्षण दिइरहेको जानकारी दिए...
काठमाण्डु, २३ माघ-जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ । नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना...
काठमाण्डु, २३ माघ-व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको कसुर सही साबित भएको जनाएको छ। समिति अन्तरगतको उपसमितिले कार्कीमाथिको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य सावित भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। तत्कालीन अख्तियार प्रमुख कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्रायशः...
काठमाण्डु, २३ माघ-स्वतन्त्र मधेस गठबन्धनका सीके राउतको रिहाईको माग गर्दै सिरहाको लहानमा प्रदर्शन गर्ने छ जना विरुद्ध पनि प्रहरीले राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरेको छ। प्रहरीले मुद्दा चलाएपछि सिरहा जिल्ला अदालतमा पेश गरिएका छ जनालाई आइतबार मध्यान्ह थप अनुसन्धानका लागि १०...