समाचार

भण्डारीको सदस्यता नवीकरण प्राविधिक, ओलीसँगको भेट महत्त्वपूर्णः योगेश भट्टराई

२०८२ साउन ४ गते १७:५०

काठमाण्डू, ४ साउन– एमाले सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेको बताएका छन । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन । एमाले सचिव भट्टराईले भने, ‘यो...

महासचिवले नै विद्या भण्डारीको सदस्यता नवीकरण भएको भनिसक्नुभयोः ईश्वर पोखरेल

२०८२ साउन ४ गते १७:४४

काठमाण्डू, ४ साउन– पूर्व मन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे महासचिव शंकर पोखरेलले नै नवीकरण भएको भनेर भनिसकेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले वरिष्ठ...

नारायणघाट–मुग्लिन सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

२०८२ साउन ४ गते १६:५१

काठमाण्डू, ४ साउन– नारायणघाट–मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । आज (आइतबार) दिउँसो उक्त सडक खण्डको तुइनखोला पुल नजिक सडकमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा ढुंगा खसेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । ढुंगा खसेर उक्त कारको अगाडिको सिसा फुटेको जिल्ला...

भण्डारीले अनुरोध अस्वीकार गरेपछि च्यासलमा भेट्न तयार भएका थिए ओली !

२०८२ साउन ४ गते १६:४१

काठमाण्डू, ४ साउन– एमालेको मुख्यालय च्यासलमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच भेटर्वाता भएको छ । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो । दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री...

पार्टी कार्यालयमा अध्यक्ष ओली र नेतृ भण्डारीबीच भेटवार्ता

२०८२ साउन ४ गते १६:३३

काठमाण्डू, ४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच भेटर्वात भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति समेत रहेकी एमाले नेतृ भण्डारी आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा पुगेकी थिइन् । सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला...

बालकको पेटमा अड्किएको कैंची शल्यक्रियाबाट निकालियो

२०८२ साउन ४ गते १६:२७

काठमाण्डू, ४ साउन– नोबेल मेडिकल कलेजका चिकित्सकले १५ वर्षीय बालकको पेटबाट कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकाल्न सफल भएका हुन । १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको नोबेल...

भण्डारीलाई भेट्न ओली च्यासलमा

२०८२ साउन ४ गते १६:२०

काठमाण्डू, ४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीलाई भेट्न एमालेको मूख्यालय च्यासलमा पुगेका छन । भण्डारीले यसअघि नै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन् । उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा पनि त्याग...

शिक्षकहरूको अधिकांश माग पुरा भएको छ, थप अडान राख्नु उचित होइनः सुमना श्रेष्ठ

२०८२ साउन ४ गते १६:१४

काठमाण्डू, ४ साउन– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको तर्क गरेकी छन । आज (आइतबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले शिक्षकहरूसँग भएकै...

गुगलले धरहरालाई ‘सेतो टावर’ देखायो

२०८२ साउन ४ गते १६:०६

काठमाण्डू, ४ साउन– गुगल म्यापमा काठमाण्डूको सुन्धारास्थित रहेको धरहरालाई ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सेतो टावर सर्च गर्दा म्यापले धरहरालाई देखाएको हो । धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी...

घरमा पहिरो खस्दा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

२०८२ साउन ४ गते १५:५१

पर्वत, ४ साउन– पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता दम्पतीमध्ये श्रीमान्‌को शव भेटिएको छ । स्थानीय र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । पहिरोमा छविलालकी श्रीमती...

गुडिरहेको कारणमा ढुंगा खस्दा तीन जना घाइते

२०८२ साउन ४ गते १५:४८

चितवन, ४ साउन– नारायणघाट–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा गुडिरहेको भारतीय कारमाथि ढुंगा खसेको छ । प्रहरीका अनुसार आइतबार दिउँसो गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भारत आग्राका ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५...

काठमाण्डू महानगरपालिकाको छात्रवृत्ति नतिजा सार्वजनिक

२०८२ साउन ४ गते १५:४७

काठमाण्डू, ४ साउन– काठमाण्डू महानगरपालिकाले शैक्षिक सत्र ०८२–८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us