भण्डारीलाई भेट्न ओली च्यासलमा

काठमाण्डु टुडे २०८२ साउन ४ गते १६:२० मा प्रकाशित

काठमाण्डू, ४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीलाई भेट्न एमालेको मूख्यालय च्यासलमा पुगेका छन । भण्डारीले यसअघि नै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन् ।

उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवा सुविधा पनि त्याग गरेकी छन् । तर, एमाले सदस्यता नवीकरणबारे ठूलो बहस सिर्जना भएको छ। हालै सम्पन्न एमालेको सचिवालय र पोलिटव्युरो बैठकमा विद्याको सदस्यता नवीकरणका विषयमा चर्काचर्की भएको थियो ।

अध्यक्ष ओलीले देशको गरिमामय पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर रहेको बताएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us