समाचार

राजेन्द्र लिङ्देनले कारबाही गरेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

२०८२ साउन ४ गते १३:०८

काठमाण्डू, ४ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएको बताए । महामन्त्री डा. धवलशम्शेर राणालगायत आफू पक्षका नेता...

प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा, अहिलेसम्मकै छोटो भ्रमण हुने

२०८२ साउन ४ गते १२:५३

काठमाण्डू, ४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण ३१ भदौमा तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो...

ओली भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी

२०८२ साउन ४ गते १२:४४

काठमाण्डू, ४ साउन– पछिल्लो समय राजनीतिमा कम ब्याक भएकी पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारी आज (आइतबार) एमाले मुख्यालय च्यासल जाँदै छिन् । नेतृ भण्डारी दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । भण्डारी प्रधानमन्त्री एवं नेकपा एमालेका...

ओलीलाई आनन्द पोखरेलको प्रश्नः वडा अध्यक्ष पार्टी प्रवेश गर्दा खुसी हुनेले पूर्वराष्ट्रपतिलाई रोक्न मिल्छ ?

२०८२ साउन ३ गते २१:२२

काठमाण्डू, ३ साउन– एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले रोक्न नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको पोलिट्ब्युरो बैठकमा बोल्दै पोखरेलले भण्डारीलाई रोक्न नमिल्ने तर्क गरे । वडाअध्यक्ष पार्टी प्रवेश गर्दा खुसी हुने...

एमाले पोलिट्ब्युरोद्वारा विधान संशोधन प्रस्ताव पारित

२०८२ साउन ३ गते २१:०८

काठमाण्डू, ३ साउन– एमाले पोलिट्ब्युरो बैठकले पार्टीको विधान सम्मेलनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पारित गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबार सम्पन्न पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित भएको जानकारी दिए । उनका अनुसार बैठकले दुई कार्यकाल र ७० वर्षे उमेर...

विद्या भण्डारीको पार्टी सदस्यता होल्डमा छः एमाले

२०८२ साउन ३ गते २१:०१

काठमाण्डू, ३ साउन– एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यना नवीकरण होल्डमा राखिएको जनाएको छ । पोलिट्ब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रमामा शनिबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण हालका लागि स्थगन गरिएको बताए । ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण...

भूमिमन्त्री अधिकारीलाई बर्खास्त गर्न एमाले कास्कीको माग

२०८२ साउन ३ गते १९:३३

काठमाण्डू, ३ साउन– एमाले कास्कीले घूस डिल प्रकरणमा मुछिएका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेकोछ । शनिबार पोखरामा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले अधिकारीलाई बर्खास्त गर्न सरकार र पार्टी नेतृत्वसँग माग गरेको हो । एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारीले भूमि...

निरंकुश बन्दै राजेन्द्र लिङदेन

२०८२ साउन ३ गते १४:०८

काठमाण्डू, ३ साउन– पूर्वपञ्चहरुको दलका रुपमा चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले निरंकुश र स्वेच्छाचारी चरित्र देखाउन थालेका छन् । उनले एकपछि अर्को गरी आफूसँग असहमत नेता कार्यकर्तामाथि कारबाही तीव्र पारेका छन् । उनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई बिहीबार मात्र पार्टीको केन्द्रीय सदस्यसमेतबाट...

सौर्य एयरको जहाज दुर्घटनाः पाइलट र एयरलाइन्स कम्पनी दोषी

२०८२ साउन ३ गते १३:५३

काठमाण्डू, ३ साउन– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजमा विमानचालक (पाइलट) को लापरवाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ । आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटी औँल्याएको हो । आयोगले पर्यटनमन्त्री...

विद्या भण्डारीबारे केपी ओली र बाबुरामको विचार कसरी मिल्यो ?

२०८२ साउन ३ गते ८:२५

काठमाण्डू, ३ साउन– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर सक्रिय राजनीतिमा फर्किनु गम्भीर भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भट्टराईले भण्डारी र पुनको दलगत राजनीतिमा सक्रियताले संघीय लोकतान्त्रिक गणतन्त्रको...

मावि शिक्षकको जागिर छाडेर काँक्रो खेतीमा

२०८२ साउन ३ गते ८:१२

स्याङ्जा, ३ साउन– आँधीखोलामा दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रो खेती थालेका छन् । आँधीखोला गाउँपालिका- ६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रो खेती सुरू गरेका हुन् । ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर...

विद्याको पार्टी सदस्यता नवीकरण गरेका नेता अधिकारीलाई ओलीले हप्काएपछि…

२०८२ साउन ३ गते ८:०८

काठमाण्डू, ३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गरेकामा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई हप्काएका छन् । भण्डारीले एमाले केन्द्रीय कार्यालयबाट पार्टी सदस्यता नवीकरण गरेकी थिइन् । ओलीले शुक्रबारको पोलट्ब्यिुरो बैठकमा भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको दाबी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us