काठमाण्डू, ३ साउन– एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यना नवीकरण होल्डमा राखिएको जनाएको छ ।
पोलिट्ब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रमामा शनिबार प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण हालका लागि स्थगन गरिएको बताए ।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नवीकरण ‘पेन्डिङ’ अवस्थामा छ’, उनले भने, ‘त्यो जहाँ छ, स्थगन अवस्थामा छ ।’
राष्ट्रपति हुनुअघि भण्डारीले पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे पार्टीले आवश्यक निर्णय गर्नुपर्ने बताए । भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकोबारे विभिन्न कोणबाट पार्टीमा छलफल भएको भन्दै उनले छलफलपछि निर्णयमा पुगिने उल्लेख गरे ।
‘स्वच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुन आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुन आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘उचित समयमा पार्टीले आवश्यक निर्णय लिन्छ ।’